पाँडे सेवा संमाज
का.म.न.पा-१६, बालाजु, काठमाडौं, नेपाल
फोन न: ४४३३९१२

परिचय / प्रस्तावना
जरुरी सूचना
कूलदेवता पूजा सम्बन्धी सूचना
पाँडेवंशको कुलदेवता पूजाको परम्परा
श्री कूलदेवता पूजा विधान तथा नियमावली
कूलदेवता पूजाको वैठकका निर्णयहरु
समितिहरुको कार्य विभाजन
मूल मन्त्र
संम्पर्क
Back to home

प्रस्तावना

पॉंडे समाज

समाज विकासको सन्दर्भमा शिक्षा र चेतनाका कारण नेपालका विविध जात, जाती/थरका समुदायले आफ्नो पुरख्र्यौलीको इतिहासको अन्वेषण गर्दै समान थर/गोत्रका बन्धुहरुको हित र भलाईका लागि गोलवन्द भै विभिन्न संस्थाहरु अस्तीत्वमा ल्याईरहेको सन्दर्भमा नेपाल एकिकरणका प्रथम योजनाकार एवं राजा द्रव्य शाहका पहिला मुख्य मन्त्रि उपमन्यु गोत्रीय श्री गणेश पाँडे (वि.स. १५९६–१६६३) का सन्ततीहरु नेपालका प्रथम प्रधान सेनापति काजी कालु पाँडे (वि.स. १७७०–१८१४), नेपाल एकिकरणका कर्णधार काजी तुलाराम पाँडे (वि. सं. १७७५–१८२५), प्रधान सेनापति एवं देवान काजी वंशराज पाँडे (वि.सं १७९६–१८४२), प्रधान सेनापति एवं प्रधानमन्त्रि काजी दामोदर पाँडे (वि.सं. १८०८–१८६०), कपरदार भोटु पाँडे (काजी शत्रुभन्जन पाँडे) (वि. सं १८२०) हरुबाट नेपाल राष्ट्र निर्माण र एकिकरण अभियानमा गरिएका उत्सर्ग, वीरताको गाथाबाट आल्हदीत हुँदै तिनै पुर्खाहरुको किर्तिको संरक्षण, वीरगाथाको प्रचार प्रसार गर्दै वर्तमान पिंडी र भविष्यका सन्ततीहरुमा राष्ट्र प्रेमको भावना जागृत गर्न, वन्धुत्व/भातृत्वको प्रवद्र्धन गर्न,

Back to home

कुल परम्पराको रक्षा एवम् संवद्र्धन गर्न र भाईचाराको विश्व व्यापिकरण गर्दै देश विदेशमा रहेका सम्पूर्ण उपमन्यु गोत्रीय पाँडे वंशका बन्धुहरुमा आफ्नो संस्कृतिको संरक्षणार्थ एकजुट हुने, एक आपसमा सहयोग सद्भावको अभिवृद्धि गर्ने, पूर्खाहरुद्धारा स्थापीत गुठी/गानाहरुको संरक्षण र प्रवद्र्धन गर्ने, पुर्खादेखि प्रचलनमा रहेको १२ बर्षे श्री कुलदेवता पुजाको परम्परालाई अविच्छिन्न रुपले संचालन गर्ने, पुर्खा हरुबाट परम्परादेखि चलाएका अन्य पुजा/पर्वहरुको खोजी, अन्वेषण गरी तिनको निरन्तरता र संरक्षण समेत गर्ने उद्देश्यले यस पाँडे सेवा समाजको औपचारिक दर्ता प्रकृया पुरा गरी अस्तित्वमा ल्याईएकोले समाजको उद्देश्य पूर्तिका लागि आधुनिक प्रविधियुक्त प्रचार प्रसारको शसक्त माध्यमको रुपमा यो web site को स्थापना गरिएको छ । यसका माध्यमबाट संस्थाको उद्देश्य परिपूर्ति गर्नमा, बन्धुहरुमा आवश्यक सबै सूचना/सन्देशहरु शिघ्र प्रवाहित हुने र जिज्ञासुजनहरु एवम् वन्धुहरुले समाजका हरेक क्रियाकलापको जानकारी हासिल गर्न वा स्वयम् सहभाभी भै क्रियाशिल हुन सक्ने छन् भन्ने विश्वास लिईएको छ । साथै यो web site का अतिरीक्त pandesewasamajnepal नामको Facebook account पनि प्रचलनमा ल्याइएको कुरा सबै बन्धुहरुमा अनुरोध गरिन्छ । अस्तु ।

Back to home

जरुरी सूचना

पॉंडे समाज

संवत १८१४ जेष्ठ १९ गते नेपाल एकिकरणको अभियानमा किर्तिपुरमा भएको लडाईंमा गोर्खा राज्यका मुख्य मंत्री (नेपाली सेनाका प्रथम प्रधान सेनापती) वीर पुरुष काजी कालु पाँडेले वीरगती प्राप्त गरेको दिनलाई स्‍मृति दिवसको रुपमा मनाउने प्रचलन काजी कालु पाँडे काजी तुलाराम पाँडे स्‍मृति प्रतिष्ठानले गरी आएकोमा आगामी २०७६ जेष्ठ १९ गते आइतवारका दिन विहान ९:०० वजे चन्द्रागिरी नगरपालिका -१ दहचोकको ईन्द्रदहमा निर्मित श्री काजी कालु पाँडेको समाधीस्थलमा संक्षिप्त स्‍मृति सभा हुने भएकाले गणेश पाँडेका सन्तती समस्त उपमन्यु गोत्रिय पाँडे वन्धुहरुलाई उपस्थित भै वीर पुर्खाप्रति सम्मान प्रकट गर्न हार्दिक अनुरोध गर्दछौँ । 

विनित
पाँडे सेवा समाज

Back to home

कूलदेवता पूजा सम्बन्धी अत्यन्त जरुरी सूचना

पॉंडे समाज

 

२०७६ फाल्गुण २६ गते सोमबार फाँगुपुर्णिमाका दिन गर्नुपर्ने कुलदेवता पुजा संचालनको लागि निम्न बमोजिमको पुजा मुलसमिति तथा उपसमितीहरु गठन गरिएको व्यवहोरा जानकारी गराइन्छ ।  

कुल देबतापूजा मुल समिति

क्र.स नाम ठेगाना पद कैफियत
श्याम बहादुर पाँडे काठमाण्डौं अध्यक्ष ९८५१०२६६४६
२. अर्जुनराज पाँडे गोरखा (मुल पुजारी) सह–अध्यक्ष ९८४१६६१७८७
३. पृथ्वी बहादुर पाँडे काठमाण्डौं सह–अध्यक्ष ९८०१०२०१०१
४. डा. कृष्ण कुमार पाँडे ललितपुर सह–अध्यक्ष ९८४१४१२५८३
५. नर बहादुर पाँडे चितवन उपाध्यक्ष ९८४५४०८५३५
६. राम कुमार पाँडे ललितपुर उपाध्यक्ष ९८४१४७८२१३
शेर बहादुर पाँडे काठमाण्डौं उपाध्यक्ष ९८४१२२८६१०
जगत बहादुर पाँडे चितवन उपाध्यक्ष ९८५५०६२४५५
गणेश बहादुर पाँडे दोलखा, काठमाण्डौं उपाध्यक्ष ९८५१०१६६७७
१० प्रदिप जंग पाँडे काठमाण्डौ उपाध्यक्ष ९८५१०२३९५५
११ पवन बहादुर पाँडे काठमाण्डौ उपाध्यक्ष ९८४१३३६५९८
१२ प्रसिद्ध बहादुर पाँडे काठमाण्डौ उपाध्यक्ष ९८५१०२००१८
१३ नारायणराज पाँडे गोरखा उपाध्यक्ष ९८६१०४३३६६
१४ रवि जङ पाँडे काठमाण्डौ उपाध्यक्ष ९८५१०३८७८३
१५ दीपककाजी पाँडे काठमाण्डौ महा–सचिव ९८५११५८३२३
१६ दीपक बहादुर पाँडे तनहँु महा–सचिव ९८४१३५७४९५
१७ नर बहादुर पाँडे गोरखा सचिव ९८६११६७८२९
१८ सुमन राज पाँडे गोरखा सह–सचिव ९८४१२०२०७६
१९ शालिकराम पाँडे गोरखा सह सचिव ९८५११६५७२०
२० ध्रुब बिक्रम पाँडे ललितपुर सह सचिव ९८५१०२४९९०
२१ राजन राज पाँडे काठमाण्डौ सह सचिव ९८४१२८५५९३
२२ भक्त प्रल्हाद पाँडे काठमाण्डौ कोषाध्यक्ष ९८५११०७२८१
२३ सुमन बिक्रम पाँडे ललितपुर सह कोषाध्यक्ष ९८५१०२०२९४
२४ प्रताप जंग पाँडे काठमाण्डौ सह कोषाध्यक्ष ९८५१०४२००१
२५ कल्याण बिक्रम पाँडे ललितपुर सह कोषाध्यक्ष
२६ विजय विक्रम पाँडे काठमाण्डौं सदस्य ९८५१०५६२४९
२७ ताराध्वज पाँडे काठमाण्डौं सदस्य ९८४१८४५८३६
२८ बिनोद पाँडे दोलखा सदस्य
२९ विजय कुमार पाँडे काठमाण्डौं सदस्य
३० बोध विक्रम पाँडे काठमाण्डौं सदस्य ९८५१०२४९३३
३१ घनश्याम पाँडे काठमाण्डौ सदस्य ९८४१३८५७९०
३२ अर्जुन बहादुर पाँडे काठमाण्डौ सदस्य ९८४१३१२८४३
३३ रामराजा पाँडे काठमाण्डौ सदस्य ९८४१२८०७२८
३४ रेसम बहादुर पाँडे नुवाकोट सदस्य ९८४१३११२९७
३५ सन्तोष पाँडे काठमाण्डौ सदस्य ९८५१०२०७०५
३६ किरण बहादुर पाँडे दोलखा सदस्य ९८४१२७८२७१
३७ अर्जुन प्रसाद पाँडे नुवाकोट सदस्य ९८५१०८४९८५
३८ काजी बहादुर पाँडे भोजपुर, बिराटनगर सदस्य ९८५१०००१७७
३९ रमेस पाँडे पोखरा सदस्य ९८५६०२२१८८
४० गोपाल पाँडे गोरखा सदस्य ९८६९३९६२५६
४१ अमृत पाँडे गोरखा सदस्य ९८५६०२६५३१
४२ माधब राज पाँडे काठमाण्डौं सदस्य ९८५६०२२१८८
४३ राजेन्द्र बहादुर पाँडे चितवन सदस्य ९८४५०२३४२७
४४ फणिन्द्र बहादुर पाँडे (सङ्कर) चितवन सदस्य ९८४५०४३६६५
४५ बलु पाँडे भैंसेपाटी, ललितपुर सदस्य ९८४५९२१८२२
४६ कुमार पाँडे जीवनपुर, धादिङ सदस्य ९८५११६५९९५
४७ अच्युत राज पाँडे धादिङ सदस्य ९८५१०२४७६९
४८ दिवाकर पाँडे मकवानपुर सदस्य
४९ गणेश पाँडे नुवाकोट सदस्य
५० तोक बहादुर पाँडे गोरखा सदस्य
५१ साम्राज्य विक्रम पाँडे धनगढी सदस्य ९८०२०३३३७०
५२ भिमसेन पाँडे काठमाण्डौ सदस्य ९८४१२३४९४६
५३ प्रबिण बहादुर पाँडे काठमाण्डौ सदस्य
५४ इन्द्रराज पाँडे काठमाण्डौ सदस्य
५५ माधब जंग पाँडे नुवाकोट सदस्य ९८४१५८३८७३
५६ रण बहादुर पाँडे चितवन सदस्य ९८५५०७३९२६
५७ मोहन बहादुर पाँडे चितवन सदस्य ९८४५०४४०१३
५८ सुर्य बहादुर पाँडे तनहु फच्याङ्ग सदस्य ९८५१०९१२६८

Back to home

पाँडेवंशको कुलदेवता पूजाको परम्परा

पॉंडे समाज

शिवशक्तिभ्यां नमः
पाँडेवंशको कुलदेवता पूजाको परम्परा

बिभिन्न वर्ग र जातिले आफ्नो पुर्खा र संस्कृतिको पहिचानको खोजीनीति गर्नेतिर चासो बढ्दै गएको सन्दर्भमा नेपालमा पांडेवंशले आफ्नो पुर्खाको सम्मान गर्ने र धर्म संस्कृतिको विकासमा चासो देखाउने गरेको सर्वविदितै छ । कूलदेवता पूजा सबै वर्ग र समूदायमा आआफ्नै तरिकाबाट हुंदै आईरहेको छ, तर त्यो परम्परा मनाउने तरिका विधि र विशेषतामा फरक हुनु स्वभाविकै नै छ । परम्परादेखि कार्यान्वयन हुंदै आएको पूजाको विधि विधान लिखित अलिखित दुवै हुन सक्दछ । अथवा पछि आएर त्यसलाई व्यवस्थित गर्ने क्रममा पूरा लिपिवद्ध गरेर भावी पुस्ताका लागि सरल बनाई दिने पनि गर्न सकिन्छ । यस्तै व्यवस्थित हुंदै गएको पाँडेवंशको कुलदेवता पूजाको बारेमा केही प्राप्त सामाग्रीहरुका आधारमा बर्णन गर्ने जमर्को गरिएको छ । प्रकाशित पुस्तक तथा अप्रकाशित सरकारी एवं गैरसरकारी सामाग्रीहरु सम्बन्धित पक्षका केही विशिष्ट व्यक्तित्वहरु र पुरोहितसँगको छलफलको आधारमा यो लेख तयार पारिएको छ । अप्रकाशित सामाग्रीमध्ये रथी श्री ऋषिकुमार पाण्डेका बाजे कर्णेल बिष्णुकुमार पाँडेको डायरी तथा उहाँले प्रयोग गर्नुभएका रजिष्टरहरु मुख्य श्रोत हो । जसको उद्देश्य पाँडेवंशको कूलदेवता पूजाका बारेमा सकेसम्म स्पष्ट धारणा राख्नु हो । करीव वि.सं.१८१४ तिरबाटै काठमाण्डौंलाई बसोबासको मुख्य थलो बनाउने काजी तुलाराम पाँडे, गोरखा राज्यको राजदुत भएर आउने प्रथम व्यक्ति हुन् । क्रमशः अरु पाँडेहरु पनि गोरखा, नुवाकोट हुंदै काठमाण्डौमा आफ्नो बसोबासको थलो बनाएका पाँडेवंशले प्रत्येक १२ बर्षमा गोरखाको छोप्राक नजिकैको भसुण्डिखोलाको छेउ नजिक मनाउने यो कूलदेवतापूजाको आफ्नै विशेषता रहेको छ । उक्त पुजामा उपमन्यु गोत्रका सम्पूर्ण पाँडे परिवार जम्मा हुने परम्परा रहिआएको छ । काठमाण्डौमा बसेको पुजासमितिको निर्णय विभिन्न माध्यमबाट गोरखामा पुगेपछि त्यहांका सम्पूर्ण पाँडे बासिन्दा उक्त पुजामा सामेल हुने तयारीमा लाग्ने परम्परा रही आएको छ । त्यसबेला गोरखामा एक प्रकारको मेला लाग्ने हुन्छ । जुन पूजाको प्रसाद गोरखा भरीबाट आएका सम्पूर्ण उपस्थितलाई वितरण गरिन्छ । त्यसमा जातभातको कुरा हुंदैन । मादल बाजा गाजा बजाएर नाचगान गर्र्दै पूरै रात विताउने र मासु च्युराको भोज खाएर बिद हुने गर्दछन् । पुजाको विधिविधान कस।री कहांबाट शुरु भयो भनेर बुझ्नको लागि यसको मुलथलो र मुलपुरुषको बारेमा जानकारी प्राप्त गर्नु आवश्यक ठान्दै त्यसको बारेमा केही जानकारी पनि यहाँ प्रस्तुत गरिन्छ ।

खोप्लाङमा कुलदेवता कसरी ल्याईयो ? यस सम्बन्धि जान्नैपर्ने ईतिहास ।

गणेश पाँडेले गोरखामा प्रवेश गरेको बारेमा केही मतहरु रहेका छन्, तर यहां एउटै मतको बारेमा मात्र उल्लेख गरिन्छ । यस अनुसार पाँडेहरुको उद्गम स्थल कुमाउ नभई जुम्ला हो । जुम्ला नै जन्मथलो भएका विशिष्ट विद्वान ईतिहासविद् योगी नरहरीनाथले २०४० तिर बताए अनुसार हामी पाँडेहरु तत्कालिन समयको शक्तिशाली जुम्लाका राजाको प्रधानमन्त्रीका उतराधिकारीका रुपमा रहेका थियौं । पहाडी राज्यहरुमा जुम्ला शक्तिशाली राज्य थियो । त्यसको राजधानी हाट्सिन्जा थियो । यो रारा तालको दक्षिण भेगमा पर्दछ । पश्चिममा श्रीनगरदेखि गंगा नदीसम्म र पूर्वमा मुकुन्द सेनको सिमानासम्म यसको सिमा रहेको थियो । पाल्पाका राजा मुकुन्दसेन प्रथमले जुम्लामा पुगी त्यहाँका राजासँग उनको मन्त्री नै मागे, तर जुम्लाका राजाले मन्त्रीका छोरा या भाइलाई मुकुन्दसेनसँग पठईदिए । आफ्नो छोरालाई मुकुन्दसेनसँग पठाउँदा उनलेअरु दिने केही भएन त्यसकारण कूलदेवता लिएर जा भनी कूलदेवता मात्रै दिई पठाएका थिए । गणेश पाँडे तिनै मन्त्रिका छोरा या नाती हुन् । मुकुन्दसेन पछि माणिक्यसेन पाल्पाका प्रशासक र पछि स्वतन्त्र राजा बनेका थिए । पाल्पा राज्य टुक्रने क्रममा चौबिसी राज्यमा परिणत हुँदा निराश भएर गणेश पाँडे पूर्वतिर लागे र गोरखाको छोप्राक गाउँको बेलवासामा आएर बसेका थिए । संवत १५७५ देखि १६१० सम्म मुकुन्दसेन र त्यसपछि माणिक्यसेनको शासन भएकोले त्यही समय गणेश पाँडेले पाल्पा छोडी गोरखा आई बसेको कुरा ईतिहास सम्मत छ । मल्लराजाहरुकै सामन्त साशक खड्काहरु पछि स्वतन्त्र साशक भएका थिए । खड्का राजाहरुसँग गणेश पाँडेको मतभेद भएपछि लम्जुङका राजा नरहरी शाहका भाइ द्रव्यशाहलाई गोरखाको राजा बनाउने उद्योगमा उनी लागेका थिए ।

गणेश पाण्डेले पाल्पाबाट कुल देवतालाई कसरी गोरखामा भित्राए भन्ने सम्बन्धमा एउटा कथा जोडिएको छ । भारतमा मुशलमान शासकहरुले आर्यधर्म नष्ट गर्न विभिन्न किसिमका अमानवीय प्रक्रिया चलाईरहेको अवस्थामा आफ्नो आर्यधर्म र संस्कृतिलाई बचाउन गणेश पाँडेले आफ्ना बन्धुबान्धव इष्टमित्रहरुलाई छोडी एउटा कुमाललाई आफ्ना सामान बोकाई कुलदेवताको झोला बोक्न भारती समेत लिई अनेकन कठिनाईको सामना गर्दै विश्राम गर्न गोरखाको खोप्लाङमा आई बसेका बेलामा थकानका कारण दिउसै निदाएछन् । सोही समयमा कुलदेवताले सपनामा तिमी यहीं बस, म पनि यही स्थानमा बसँुला । प्रत्येक १२ बर्षमा फागु पूर्णिमाको दिन आएर तिमिले मेरो पूजा गर्नु भनी आदेश दिनु भएकोले त्यही ठाउँमा शिव, शक्ति, सूर्य, विष्णु र गणेश पञ्चायन कूलदेवताको स्थापना गरे । सोही स्थानमा प्रत्येक १२ बर्षमा पूजाआजा हुँदै आएको छ । प्राकृतिक छटाले भरिएको उक्त मनोहर स्थलमा कूलदेवतालाई थन्को लगाई गणेश पाँडेले त्यसको उत्तरतर्फ अमिलिहिटी भन्ने स्थानमा घरजम गरी बसे । त्यसैको आसपासमा कुमाल र भारतीको लागि पनि स्थान जमाई दिए । त्यस स्थनमा उनले विस्तारै प्रभाव जमाए र द्रव्यशाह गोरखाको राजा भए पछि उनले अन्य शाह राजाहरुको तीन पुस्तासम्म मन्त्री बनेर सेवा गर्ने अवसर पाए । यसलाई पाँडेवँशमा कूलदेवताको बरदानको रुपमा लिने गरिएको छ । अन्त्यमा सल्यानको युद्धमा उनले वीरगति प्राप्त गरे । रामशाहको पालामा मन्त्रीमण्डलको मूल आधार मानिएका ६ थरघरमा पाँडेवंश पहिलो स्थानमा गनिन पुगे । त्यसबेलादेखि पाँडेहरुको सेवाको क्रम शाह राजाहरुसँग जोडिन गयो । प्रत्येक शाहराजाहरुका पालामा बिभिन्न सैनिक र प्रशासनका क्षेत्रमा कार्यरत पाँडेहरु नेपालको एकीकरणको समयमा प्रशासनको मुख्य आधार बन्न पुगे । काजी कालु पाँडे, काजी वंशराज पाँडे, काजी दामोदर पाँडे, काली तुलाराम पाँडे, काजी जगजीत पाँडे, काजी रणजित पाँडे तथा कपर्दार भोटु पाँडे नेपालको एकीकरण कार्यमा मुख्य रुपले सक्रिय भएर लागेका थिए भने प्रशासन कार्यमा काजी बलभजंन पाँडे, जंगवीर, सिंहवीर आदि पाँडेहरु कार्यरत थिए ।

रणवहादुर शाहको बौलठ्ठीपनबाट दामोदर पाण्डे र उनका सन्ततीहरुको वि.सं.१८६० मा जुन विनाश भयोे त्यस्तै कार्य बारम्बार दोहोरिएर नेपालको इतिहास कलड्ढित बनेको छ । इतिहासमा भएको त्यो घात प्रतिघातको घटनालाई पाँडेवंशले बिर्सेर पनि कहिल्यै बिर्सन सक्ने छैन । तथापी राष्ट्रसेवामा समर्पित गणेश पाँडेका सन्ततीहरुले देश र नरेशको सेवा गर्ने क्रमलाई टुट्न दिएको छैन । गणेश पाँडेसँग भारी बोकीे गोरखा प्रवेश गरेका कुमाल र भारतीका सन्ततीहरु आज पनि गोरखाको खोप्लाङमा बसी आएको छन् । यिनिहरुले यस १२ वर्षे कूलदेवतापूजामा सरिक भएर मद्दत गर्ने परम्परा अझै कायमै छ ।

भारतमा मुसलमानहरुको आक्रमणबाट हिन्दु धर्मलाई जोगाई राख्न आफ्नो कुल देवतालाई साथमा बोकेर आउने वर्गजातिको धेरै उदाहरणहरु नेपालमा पाइन्छन । सन् १३२५ मा मुसलमानी आक्रमणबाट बच्न सिम्रोनगढका राजा हरिसिंहदेवले उपत्यका प्रवेश गर्दा आफुद्वारा त्यहां स्थापित गरिएको तूलजा भवानीलाई पनि साथै लिएर आएका थिए । भक्तपुरको दरबार क्षेत्रको मूलचोकमा स्थापित उक्त तुलजा भवानीको स्थापनाका बारेमा पनि त्यस्तै ऐतिहासिक कथा जोडिएको छ । उपत्यका विजय पछि पृथ्वी नारायण शाहले तुलजा भवानीको पूजा सम्बन्धि विधि विधानलाई यथावत रहन दिई प्रत्येक लालमोहरहरुमा श्री गोरखनाथ श्री तुलजा भवानी भनी उल्लेख गरेको पाइन्छ । आफ्नो उद्गम स्थल दक्षिण भारत महाराष्ट्र मान्ने हाडावंशका एक मूल पुरुषले धर्म र संस्कृतीको जगेर्ना गर्न मुसलमानहरुको आक्रमणबाट बच्न उपत्यका प्रवेश गर्दा साथमा बोकाएर ल्याएको कुलदेवतालाई उनले भक्तपुरको दरबारमा स्थापना गरेका थिए । सोही क्षेत्र वरीपरि आफ्नो मूल बसोबासको थलो बनाएर हाडाहरुले नेवार संस्कृतीलाई अपनाएर धर्म र संस्कृतीको उत्थानमा धेरै योगदान पुराउदै आएका छन् । कूलदेवतालाई साथमा ल्याएको वर्गले सम्बन्धित क्षेत्रबाट विभिन्न वर्ग र समुदाय माथि प्रभाव पार्न सकेको यो अर्को उदाहरणको रुपमा लिन सकिन्छ । गणेश पांडेले विवाह गरेका दुई श्रीमतीहरु तर्फबाट जन्मेका सन्ततीहरुमा पहिलोका तर्फ पाण्डे ब्राह्मण भए र तिनीहरु धेरै जसो गोरखामा नै रहन गए । दोश्रो श्रीमती तर्फका क्षेत्री कहलाए र काठमाण्डौ आए र शाह दरबारमा सैनिक सेवा मै समर्पित भए ।

यी दुवै थरिका सन्ततीहरु गणेश पाँडेका वंश हौं र दुवैले कूलदेवता पूजामा एकैसरी सरिक भएका पनि छौ । प्रत्येक १२ वर्षमा हामी दुबै खलकले आपसमा मिलेर कूलदेवतापूजा गर्दै आएको स्पष्ट नै छ । यसरी १२ वर्षमा एक पल्ट कूलदेवताको पुजा गर्ने प्रचलन काठमाण्डौमा अन्य वर्गमा रहेको देखिदैन । कम्तिमा एक वर्षमा १ पटक भएपनि सम्बन्धित पक्षले समूहगत अथवा व्यक्तिगत रुपमा भएपनि पूजा गर्ने चलन रहेको छ ।

पाँडेवंशमा प्रचलित कथाको आधार लिने हो भने यो १२ वर्षमा एक पटक कूल देवताको पूजा गर्ने चलन पांडे वंशमा गणेश पांडेको समयदेखि प्रचलनमा आएको हो । १२ वर्षमा धुमधाम रुपमा मनाउने परिपाटी रहेको छ । एकीकरण कार्य अथवा सैनिक क्रियाकलापमा लागिरहने पाँडे परिवारलाई १२ वर्षको पूजामा पनि सामेल हुने सम्भावना नहुन पनि सक्दछ । पृथ्वीनारायण शाहको कार्यलकालमा गोरखामा नै घरजम भएका कालु पाँडे र तुलाराम पाँडेले उक्त पूजामा के कस्तो तरिका अपनाए त्यस्को प्रमाण प्राप्त छैन ।

काठमाण्डौमा भएको दरवारिया हत्या, हिंसा, षडयन्त्रका कारण छिन्नभिन्न हुन पुगेका कालु पाँडेका सन्ततीहरुले उक्त पूजामा भाग लिन सक्ने सम्भावना थिएन । तर तुलाराम पाँडेका सन्तती तथा ब्राम्हण भाइबन्धुबाट कूलदेवताको पूजामा निरन्तरता दिन सकेकोे अनुमान लाउन सकिन्छ । शिव र शक्तिका प्रतिक पाँंडे वंशको कूलदेवताको पूजामा पाँंडे वंशका सन्ततीहरुको अपार श्रद्धा र भक्तिभाव झल्कने प्रयासहरु भएका थिए । आपसमा मिलेर मनाउने चलन भएको अवस्थामा पाँंडे वंशको कूलदेवता पूजा सम्बन्धि कुरा लिपिबद्ध हुन सकेन । प्रमाणहरु धेरै कोत पर्वबाट नष्ट भएकोले वि.सं.१९४० अघिका धेरै प्रमाणहरु ओझेलमा पर्न गएका छन् । त्यस पछिका प्राप्त प्रमाणहरुका आधारमा कूलदेवताको पुजाको क्रमभंग नभएको स्पष्ट पार्न सकिन्छ । तर काठमाण्डौमा भएको राजनैतिक परिवर्तनको घटनाले कूलदेवताको पूजामा प्रभाव पर्न गएको थियो भन्न सकिन्छ । जुन सुकै परिस्थितीमा पनि कूलदेवताको पूजाको समय १२ वर्षमा एक पटक हुने भएकोले त्यसमा भाग लिनु पर्छ भन्ने मानसिकता पाँंडे परिवारमा पहिले देखि रहि आएको देखिन्छ । यद्यपी काठमाण्डौबाट गोरखा जानु भनेको सरल काम थिएन ।

यातायातको कठिनाई झेल्दै पनि यसलाई निरन्तरता दिने काम भयो । कूलदेवतालाई अन्य वर्गले जस्तै गोरखाबाट काठमाण्डौंमा सार्ने कुरा कहिल्यै भएको छैन । गोरखामा गणेश पाँंडेका सन्ततिहरुको बसोबास कायमै रहेकोले पनि त्यो कुरा उठाउनु पर्ने जरुरी पनि देखिएन । कूलदेवतापूजामा त्यहांबाट धेरै सहयोगको आशा काठमाण्डौंका पाँंडे परिवारले गर्न सकिन्छ । बि.सं. १९५५ को कर्णेल विष्णु कुमार पाँंडेको ८ नं.को बहिखाता पृ.८८ मा कूलदेवतापूजालाई भनी रु २५० छुट्याईएको उल्लेख छ । तर यो समय उहाँ आफैं गोरखा पुग्नुभयो अथवा अन्य मार्फत सो रकम कूलदेवतालाई पुजागर्न पठाउनु भयो भन्ने कुरा चांही स्पष्ट छैन । वि.सं. १९७० ताका विष्णुकुमार पाँंडेको निमित्त अत्यन्त व्यस्त समय थियो । व्रीटेनको समर्थनमा नेपालले प्रथम विश्व युद्धको लागि सेना रिकुटहरु जम्मा गर्नु पर्ने सयम थियो । उनलाई श्री ३ चन्द्र शम्शेरले रोक्न खोजेको थिए, तर आफ्नो कुलधर्म, कुलपरम्परा र संस्कृति प्रति अपार श्रद्धा भएका कारण कडा स्वभावका भएकोले पनि उनले भेनका थिए ूमेरो निमित्त कुलदेवता प्रत्यक्ष छन् नगई हुदैनू भन्ने अडान लिए पछि त्यसो हो भने मेरो तर्फबाट पनि एउटा कालो बोको चढार्ड दिनु भनी जाने अनुमति दिएका थिए भन्ने कुरा रथी श्री ऋषि कुमार पाँडेको पारिवारिक सुत्रबाट र पुजारी तथा त्यहाँंका बुढा पुरानाबाट थाहा भएको कुरा हो । वि.सं. १९८१ सालमा विष्णुकुमार पाँंडेको निधन भएको समय भएकोले काठमाण्डौबाट गएका व्यक्तिहरुको नाम यकिन हुन सकेन । वि.सं. १९९२ सालमा क.प बेलायत कुमार मुख्य व्यक्ति भएर काठमाण्डौबाट कूलदेवता पूजामा गोर्खा पुगेका थिए र फर्कने क्रममा नुवाकोट भालु डांडामा आफ्नो पुस्तौ देखि प्राप्त जग्गामा केही समय बसी फर्केका थिए । वि.सं. २००५ सालमा काठमाण्डौमा राण विरोधी कार्य भई रहेको समयमा विष्णुकुमारको जहान हेमकुरीले जेठाजुका छोरा दरोगा तिलविक्रम पाँंडेलाई कूलदेवता पूजामा मुख्य काम गर्न काठमाण्डौबाट गोर्खा पठाउनु भएको थियो भनने कुरा पनि उनकै पारीवारिक श्रोतबाट बुझिएको छ । २०१८ सालमा सुविदार प्रेमबहादुर र हेम जंग पाँंडे काठमाण्डौका पाँंडे परिवारको प्रतिनिधिका रुपमा गोर्खाको कूलदेवताको पुजामा सरिक भए । २०३० सालमा सरदार भीम बहादुर पाँंडे, श्री सिद्धिराज पाँंडे, श्री सुवर्ण जंग पाँंडे आदि पनि काठमाण्डौबाट पूजामा सामेल हुनु भएको थियो ।

कूलदेवतास्थलको भूमिको सम्बन्धमा

गोर्खा खोप्लाङ भुसुण्डीखोला पारिको जंगल ईलाकामा अवस्थित पाँंडेवशको कूलदेवता, रुखमुनि पातले छोपेको अवस्थामा राखिएका हुन्छन् । पूजाको समयमा पुजारीले पातहरु निकालेर कूलदेवताहरुलाई निकाल्दछन् । त्यसबेलासम्म अघिल्लो १२ वर्ष पहिलेको पूजाका अक्षताहरु राम्रै अवस्थामा रहेका हुन्छन् । समथल नभएको जंगलटारको जग्गा भए पनि कूलदेवताको क्षेत्रफल निकै ठुलो छ । पटक पटक त्यस क्षेत्रको भुमि अतिक्रमण भएको थियो । वि.सं १९७१ तिरको कूलदेवता पुजामा सरिक भएका विष्णुकुमार पाँंडेले कूलदेवताको भूमि अतिक्रमणमा परेको थाहा पाएर रु १६० तिरेर शाहु चामनारायणको हकदावी छुटाएर भूमिको स्वामित्व कूलदेवताकोमा रहने गरी फर्केका थिए । वि.सं. १९९५ को नापीबाट फेरी उक्त भूमि सार्वजनिक भनी दावी भयो । वि.सं २०१२ मा चक्रराजले उक्त भूमि हालको आवादी भनी आफ्नो स्वामित्वमा राखेर तिरो तिर्दै आए । वि.सं २०१९ मा पूजा गर्ने वरपरका केही भूमि मात्र पुजारीको नाममा नामसारी भयो । वि.सं २०३० सालमा सरदार श्री भीम बहादुर पाँंडे, श्री सुवर्ण ंजंग पाँंडे, श्री ऋषिकुमार पाँंडे, सिद्धिराज पाँंडे सहित गएको टोलीले २८,३० रोपनी जग्गा बेचविखन गर्न नपाउने गरी कूलदेवताको नाममा नामसारी गरी फर्केका थियो । वि.सं. २०३१/०१/१७ मा भूमि प्रशासन कार्यालय काठमाण्डौबाट चार किल्ला छुट्याई जग्गा पास भएको पुर्जा प्राप्त छ । त्यस पछि पनि पटक पटक कूलदेवताको पूजामा उपस्थित भएर सबैले रेखदेख गरेका कारणले त्यसमाथि कसैको जोर चल्न सकेन । सुरक्षाको प्रबन्ध मिलाउन सके त्यहाँं प्रशस्त फलफुल, तरकारी खेती गर्न सक्ने संभाव्यता रहेको छ । त्यस क्षेत्रमा २०३१ साल तिरबाट श्री ऋषिकुमारद्धारा वृक्षारोपण गर्न लगाई संरक्षणको लागि प्रशासनिक कारवाही पनि गरिएको थियो ।

कुलदेवताका भाँंडाकँुंडा आदि सरसामान

कुलदेवताको भाँंडा कँुंडाको सूचीमा कर्णेल विष्णुकुमार पाँंडेको नाम उल्लेख भएको पाईन्छ । कूलदेवता पूजाका सामग्रीहरुको बारेमा लिपिबद्ध नभएर पनि वि.सं. १९९२ सालमा काठमाण्डौबाट खरिद भएको ूकूलदेवताको पूजाको लागतू भन्ने शीर्षकको एउटा लिखित कागजात तयार भएर त्यसमा त्यस वर्षका पूजामा लागेका पूजाका समान, देवतालाई चढाउने सामान, खानेकुरा, तरकारी मरमसला, लगाउने धोती गहना आदि समेतको सूचि र त्यसको मुल्य उल्लेख भएको छ । त्यसपछि पनि केही कुराहरु लिपीबद्ध भयो होला । वि.सं. २०३०,२० ४१ र २०५२ सालमा गरी ऋषिकुमार पांँडे तथा परिवारको तर्फबाट चाँंदीको आचमनी सिंहासन र त्रिशूल अर्पण गरिएको थियो । वि.सं. २०५२ सालमा धेरै मानिसहरुको कूलदेवता पूजामा जमघट भएको कुरा त्यबेला खिचिएका फोटोहरुबाट स्पष्ट हुन्छ । हिन्दु वैदिक विधि विधान अनुसार भोटो, धोतीमा सजिएका विशिष्ट व्यक्तिहरुको तस्वीर, टांगीएका पालहरु, बलिका लागि ल्याईएका बोकाहरुको तस्वीरले त्यसबेलाको पूजा धेरै ठुलो जमातको बीचमा सम्पन्न भएको देखिन्छ । बोकालाई बली दिदा मार हान्ने चलन रहेको छ । जति धेरै बलि दिएता पनि त्यस ठांउमा रगत छयाल्ल व्याल्ल भएको देखिदैन । त्यसमा ४५० वर्षको पाँंडेबंशको लामो ईतिहास संभवतः ३५ औं पटकको कूलदेवताको पूजामा सामेल भएको कुरा उल्लेख छ । वि.स. २०५२।११।२२ को मिति दिएर कूलदेवताको विभिन्न सामानहरुको प्रकारको, गुणको शीर्षक दिएर सूची तयार गर्ने काम भयो । यस अघिको पूजामा सामेल भएर कूलदेवतालाई एक सामान या गर गहना चढाउने चलन अनुसार ढलोटको, पित्तलको, कांसको र चांदीको समेत सामानमा दाताहरुको नाम उल्लेख भएको छ । जसबाट वि.सं. २०४१ को कूलदेवता पूजामा उपस्थितिको नामहरु पनि जाहेर भएको छ ।वि.सं. २०४१ को कूलदेवता पूजाको धेरै अनुभवहरु बटुलेर त्यसको आधारमा सम्पूर्ण नियम विनियमका कुराहरु भावी सन्ततिहरुका लागि लिपिवद्ध गर्नुपर्ने आवश्यकता सम्झेर सो काम गरिएको थियो ।

गुरु शुक्रास्त दोष र पूजाको पूर्वाङ्ग

प्रत्येक १२ वर्षको फागुपुर्णिमाको दिन गोरखा खोप्लाङको भुसुण्डीको कूलदेवता पूजामा उपमन्यु गोत्रका गणेश पाँंडेहरुका सन्ततीहरु भेला भएर मनाउने गरिन्छ । शुक्र अस्त, गुरु अस्त, ग्रहण तथा चैत्र महिनामा फागुपूर्णिमा पर्न गएमा त्यस वर्ष कूल देवता पूजा हुंदैन । त्यस्तो अवस्थामा एक वर्ष अघि वा पछि पूजा गर्ने चलन छ । चतुदर्शीको दिन पूजा स्थल र यज्ञकालागि यज्ञ मण्डप विधिवत तयार गरिन्छ । ब्रतबन्ध गरेका गणेश पांडेका ब्राह्मण तथा क्षेत्री दुवैले चतुर्दशीको दिन देखि जनै फेरी शुद्ध भएर एक छाक मात्र खानुपर्छ । भोली पल्ट कुलदेवता दर्शन गर्न भोटो, मर्दाना धोती या सेतो गन्जी लगाउनु पर्दछ । पुजारीले बाहेक अन्यले अक्षता चढाउन हुंदैन । ब्रतबन्ध नभएका र महिलाले दर्शन गर्न नपाउने प्रावधान पनि रहेको छ ।

बलि दिने नियम

कूलदेवता पूजामा बलि दिनेमा पनि केही नियमहरु छन् । पूजामा सामेल भएका सम्पूर्ण बन्धुहरुले सगोलमा एउटा कालो निख्खर बोकाको बलि दिने चलन छ । प्रत्येक छुट्टभिन्न भएका परिवारले एक र प्रत्येक छोरा या छोरीले जेठो छोरा जन्मको उपलक्ष्यमा एउटा बोका बलिदिने र जेठो छोराको विवाहमा र भाकल स्वरुप पनि बोका बलि दिने चलन छ । बोका काट्ने समय पनि क्रम निर्धारण गरी काट्ने चलन छ । पाँडेहरु विशेषगरी शक्तिका उपासक भएकोले राष्ट्र रक्षामा शुरवीर हुनुपर्ने भएकोले पनि शक्ति प्राप्तीको लागि पनि बलिको विधान रहेको हो ।

पुरोहित बाहेक २६ जना ब्राम्हणहरुबाट यज्ञमण्डपमा बिभिन्न वेद, सप्तसती चण्डी, रुद्री आदि पाठ गर्ने परम्परा रहेको छ । अभिषेकको समय सम्पूर्ण पाँडे परिवार भेला भई अभिषेक लिने गरिन्छ । पुजाका समय पञ्चेबाजा हर्षोल्लासका साथ बजाईन्छ । त्यही समयमा लाख वत्ती पनि बालिन्छ । पूर्णिमाको दिन होम पाठ पुजा समाप्तीपछि पूजारीबाट टिका प्रसाद वितरण हुन्छ र कुलदेवताको अन्तीम दर्शन पनि गराईन्छ । त्यसपछि महाआरती गरी ठूलो भोज हुन्छ । त्यहाँबाट प्रसाद लगी अन्यत्र खान पाईदैन । जेजती प्रसाद हुन्छ त्यही स्थानमा समाप्त गर्नुपर्दछ । भनिन्छ जनैमा लागेको दाग पनि त्यहीकै खोलामा धोएर फर्कनुपर्दछ ।

टाउके भोज

कूलदेवता पूजाको अर्को विशेषता भनेको टाउके भोज हो । बलि चढाएका बोकाका टाउकोहरु भोलिपल्ट प्रसादको रुपमा ग्रहण गर्ने र त्यसमा ज्येष्ठ प्रतिनिधिको उपस्थिति अनिवार्य भएकोले हालको पूजाको लेखाजोखा र भावी कार्यक्रमको पनि त्यसमा निर्धारण गर्ने गरिन्छ । अघिल्लो दिन भेटघाट गर्न फुर्सद नहुने भएकोले टाउके भोजको दिन आपसमा भलाकुसारी पनि हुन्छ । पूजामा उपस्थितहरुको परिचय गराउने काम पनि पूजा समितिले गर्दछ । त्यसपछि कूलदेवताको पूजास्थलको बारेमा गर्नुपर्ने कुराको छलफलपछि आफ्नो गन्तव्य तर्फ लाग्ने गरिन्छ । यसरी टाउके भोजको महत्व धेरै दृष्टिकोणबाट भएको मान्नुपर्दछ ।

वि.सं.२०४१ भन्दा वि.सं.२०५२ सालको कूलदेवतापुजामा भव्य उपस्थिति रहेको थियो । यातायातको व्यवस्थामा सुधार भएको कारणबाट मात्र यो संख्या बृद्धि भएको मान्नु हुंदैन । यसको कारण आफ्नो कुल परम्परा र पुर्खाप्रतिको श्रद्धाको कारण यो कूलदेवतापूजामा बृद्धि हुंदै गएको मान्नु पर्दछ । पुर्खाको मानसम्मान गर्ने खालका प्रयासहरु नयाँ पुस्ताहरुबाट हुँदै आएको छ । वि.सं.२०५९।११।२४ मा “काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान” स्थापना गरेर कुलदेवता स्थलको समेत सुध।र गर्ने प्रतिवद्धता भएको थियो । पुर्खाको धरोहरको रुपमा रहेको कूलदेवतापूजा स्वधर्म परम्परा भएकोले पनि यसप्रति नयाँ पुस्ताको चासोमा बृद्धि हुँदै आएको छ । यो परम्परा नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिकेर केही गर्ने जाँगर चलाएको देखिन्छ । यसलाई प्रशंसनिय कुराको रुपमा लिनुपर्दछ ।

Back to home

श्री कूलदेवता पूजा विधान तथा नियमावली

पॉंडे समाज

श्री कूलदेवता पूजा विधान तथा नियमावली
(२०७६ को परिमार्जन सहित)

गोत्रः– उपमन्यु शुक्ल यजुर्वेदाध्यायी एक शाखा (२ मध्ये)

शाखाः माद्यन्दिनिय

थरःपाँडे

पदः सुथरा

प्रवरः त्रि(प्रवर (उपमन्यु(१, कपिल(२, विरुज(३)

ईष्टदेवीः माता वाल त्रिपुरा सुन्दरी

कुलदेवताः शाम्ब सदाशिव

पाञ्चायनः देवी पाञ्चायन (गणेश, सूर्य, बिष्णु, शिव, शक्ति)

आदि थलोः जुम्ला (सिंजा उपत्यका)

वर्तमानमा मुलथलोः खोप्लाङ, भुसुण्डी, गोरखा गण्डकी अञ्चल, प्रदेश–४
 

प्रस्तावना उपमन्यु गोत्रका गणेश पांडेका सन्ततीहरुको परम्परागत रुपमा चलिआएको हरेक १२ बर्षेे श्री कुलदेवता पूजा चिरकाल पर्यन्त निरन्तर सञ्चालन, संरक्षण एवं सम्बद्र्र्धन गर्नका लागि श्री कूलदेवता पूजा विधान २०५२ तथा कूलदेवता पूजा विधान २०६५ लाई समयानुकुल परिमार्जन गर्न आवश्यक भएकाले कूल देवता पूजा मूल संचालन समितिले श्री कूल देवता पूजा नियमावली २०७६ स्वीकृत गरी लागु गरेको छ ।

१.उद्देश्य कुलदेवता पूजा संचालन, संरक्षण एवं सम्बद्र्धन गरी निम्न उद्देश्य पुरा गर्न यो विधान तयार गरिएको छ । (१)

  • (क) परम्परा देखि वैदिक विधान अनुसार चलि आएको श्री कूलदेवता को पूजा नियमित रुपमा संचालन गर्ने ।
  • (ख) दैविक एवं भौतिक सम्पत्तिको अभिलेख राखी सुरक्षण गर्नुका साथै पूजा स्थलको संरक्षण एवं सम्बद्र्धन गर्ने ।
  • (ग) नेपाल भित्र वा बाहिर छरिएर रहेका उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुलाई यथासक्य समेटी पूजा कार्यमा अग्रसर गराउने ।
  • (घ) पूर्खाको ईतिहासको जगेर्ना गर्न वंशावलीको अभिलेख नियमित रुपमा अद्यावधिक गर्ने । (२)
  • (ङ) सम्पूर्ण बन्धुहरुमा पूजा सम्बनधी नियमहरुको व्यापक प्रचार गर्ने गराउने ।
मूल समितिको मातहत रहने गरी निम्न उपसमितिहरु गठन गरी तिनिहरुको जिम्मेवारी निम्नानुसार निश्चित गरिएको छ ।

२.सदस्यताः

  • (क) उपमन्यु गोत्रिय गणेश पाँडेका सन्ततीहरु जो वि.सं .२०६५ साल सम्मको श्री कूलदेवता को पूजामा सम्मिलित भएका वा त्यस पछि छुटभिन्न भै छुट्टै घर धुरी खडा गरी आएका परिवारको प्रमुख पुरुष प्रतिनिधि यस श्री कुलदेवता पूजा समितिको साधारण सदस्य हुने छन् । (३)
  • (ख) अब छुट भिन्न भई बसोबास गर्ने परिवारले आफु छुट भिन्न भएको समय पछिको फागुपूर्णिमा सम्ममा पूजा संचालक समितिमा पूजा विवरण खोली जानकारी दिनु पर्नेछ ।
  • (ग) वि.सिं.२०६५ साल सम्मको श्री को पूजामा सम्मिलित भएका घर परिवारका सन्तती बाहेक आफुलाई उपमन्यु गोत्रिय गणेश पांडेका सन्तती हुँ भनी यस पूजा समितिमा सम्मिलित भई पूजामा सामेल हुन चाहने परिवारलाई कुनै विश्वस्त बन्धुले निज व्यक्ति वा परिवार उपमन्यु गोत्रिय गणेश पांडेका सन्तती हो भनी सिफारिस गरेमा पूजा संचालक समितिले सल्लाहकारहरुको समेत राय लिई प्रवेश गराउन उपयूक्त ठानेमा पूजामा सामेल गराउन सकिनेछ । तर यसरी प्रवेश गरेको व्यक्ति कर्ता हुन पाउने छैनन् । (४)

३. पूजा संचालक समितिको गठन, काम कर्तव्य र अधिकार ः

  • (क) यसै विधानको धारा ३ अनुरुपका साधारण सदस्य वा तीनका एकाघरका पुरुषहरु मध्येबाट पूजा संचालक समितिको गठन गरिनेछ ।
  • (ख) पूजा संचालक समिति गठन गर्दा परम्परागत रुपमा मान्यता दिईदैं आएको थकाली प्रथा (जेष्ठताक्रम) लाई निरन्तर रुपमा कायम राखिने छ । यसरी थकाली (अध्यक्ष) चुन्दा जेठो व्यक्ति शारिरिक रुपले अशक्त भएमा क्रमानुसार उपयुक्त व्यक्तिलाई थकाली मनोनयन गरिने छ । अध्यक्ष पद बाहेकका पदमा यो नियम लागु हुने छैन ।
  • (ग) अनुभवी र जेष्ठ वन्धुहरु मध्ये बाट सल्लहाकार समिति गठन गर्न सकिने छ । (५)
  • (घ) श्री कुलदेवता पूजा संचालक समितिको विधानमा उल्लेखित उद्देश्य पूर्तिको लागि थकाली (अध्यक्ष) सह–अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सह–सचिव र कोषाध्यक्ष, का साथै अन्य बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने सदस्य समेत गरी बढीमा ६५जना सम्मको पूजा संचालक समिति गठन गर्न सकिने छ । (६)
  • (ङ) पूजा संचालक समितिमा पुजारी पदेन सह–अध्यक्ष रहने छन् ।
  • (च) कुल देवता पुजा संचालक समितिको पदावधी साधारणतया अर्को १२ वर्षे पूजा संचालक समिति गठन नभएसम्म हुनेछ ।(७)
  • (छ) पुजारी बाहेक पुजा संचालक समितिको कुनै पद विचमा रिक्त हुन आएमा अध्यक्षको हकमा उपाध्यक्षद्वारा सल्लाहकारहरुको राय र पूजा संचालक समितिको निर्णय अनुसार बांकी अवधिको लागि पदपूर्ति गरिनेछ ।
  • (ज) परम्परागत संस्कार एवं संस्कृतिको जगेर्ना गर्दै सम्पूर्ण बन्धुहरुलाई समेटी उनीहरुको राय सल्लाह र सहयोग लिई १२ बर्षमा हुने श्री कूलदेवता को पूजा नियमानुसार सञ्चालन गर्नु र कुलदेवताटार जस्तो ऐतिहासिक महत्व भएको देवस्थलका साथै दैविक एवं भौतिक सम्पत्तीको संरक्षण सम्बद्र्धन गर्नु यस पूजा कार्य समतिको मुल कर्तव्य हुने छ ।
  • (झ) यस पूजा संचालक समितिबाट दैविक एवं भौतिक सम्पत्तीको संरक्षण गर्न पुजारी र पूजा संचालक समितिले तोकेको पदाधिकारीको संयुक्त संरक्षकत्वमा सम्पत्तीको संरक्षण गरिनेछ ।
  • (ञ) यस्तो दैविक (गरगहना, भाँडाकुँडा) सम्पत्ती बैंक सुरक्षण राखेमा पुजारीको रोलवाला उत्तराधिकारी र संचालक समितिले तोकेको पदाधिकारीको हकमा पूजा संचालक समितिले सिफारिस गरेको पदाधिकारी संयुक्त रुपमा हकदार हुनेछन् । तर यो दैविक सम्पत्ती व्यक्तिगत नभै उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुको अभिभाज्य सामूहिक सम्पत्ती हुनेछ । (८)
  • (ट) उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुमा कुलदेवता छुटट्याई लाने परम्परा छैन ।
  • (ठ) श्री कुल देवताको पूजा उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुको परम्परागत रुपमा वैदिक संस्कार अनुरुप चलिआएको धार्मिक कार्य भएको तथा युग र परिस्थितिले गर्दा परिवर्तित कानुनी व्यवस्थाका कारण ब्राम्हण क्षेत्रीयहरुले सनातन धर्म इतरका महिलासँग वैवाहिक सम्बन्ध कायम गरेमा त्यस्ता महिलाबाट जन्मेका सन्तानलाई पूजा समितिले सामान्यतया कर्ताको रुपमा सरिक हुन दिने छैन । (९)
  • (ड) श्री कूलदेवता को १२ बर्षे पुजा हुने १ बर्ष अगावै पुजा संचालक समितिले पूजा हुने मिति निर्णय गरी सोही वेला देखि पूजा तथा पूजा नियमावलीको व्यापक प्रचार प्रसार गर्नेछ । यसका अतिरिक्त सोही वर्षको श्रीपञ्चमी सम्ममा पूजा संचालक समितिले पूजा सञ्चालनको लागि कर्ताको निर्धारण गर्नु पर्दछ । (१०)
  • (ढ) यस पूजा संचालक समितिले पूर्खाको ईतिहासको जगेर्ना गर्न वंशावलीको अभिलेख राख्ने छ । वंशावलीको अभिलेखलाई अद्यावधिक गर्न हरेक पुजामा थप वंशावली संकलन गरिनेछ । यसरी संकलन गरिएको वंशावली अर्को पूजामा पूजा संचालक समितिद्वारा तालिकाबद्ध गरी सार्वजनिक गरिनेछ ।

(४) पुजारी

  • (क) उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुमा ब्राम्हण तर्पmको जेठो हाँगोबाट श्री कुलदेवताको मुल पूजा गर्नको लागि थकाली प्रथा अनुरुप अविछिन्न उतराधिकारी भएको पुजारी परम्परा कायम हुंदै आएको छ । पुजारीको उत्तराधिकारी वैदिक संस्कार अनुरुप उपाध्याय ब्राम्हण भएको हदसम्म पूजा संचालक समिति ले पूजा गर्ने अधिकार बाट बञ्चित गर्न पाईने छैन ।
  • (ख) पूजा समितिमा गरिएको आर्थिक सहयोगलाई प्राथमिकतामा राखी अघिल्ला पूजाहरुमा सकृय भूमिका निभाएको र सामान्यतया पाको उमेरका व्यक्तिहरुलाई कर्ताको रुपमा चयन गरिनेछ ।

(५) बैठक

श्री कूलदेवता को १२ बर्षे पूजा सञ्चालन एवं अन्य आवश्यक कार्यको लागि पूजा संचालक समितिको बैठक आवश्यकता अनुसार बस्न सक्ने छ । सामान्यतया फागु पूर्णिमाको दिन पूजा संचालक समितिको आयोजनामा वा निर्देशनमा जिल्ला जिल्लामा वा पूजा संचालक समितिले तोकेको ठाउँमा सम्पूर्ण बन्धुहरु भेला भई कुलको अभिबृद्धि सम्बन्धमा छलफल गर्नेछन् । हरेक पूजाको १० औं बर्षको फागु पूर्णिमाको १ महिना भित्र सदस्य भेला भई नयाँ संचालक समितिको गठन गर्नेछन् । सोही पूजा समितिले आउँदो पूजाको लागि सम्पुर्ण जिम्मेवारी विधानतः वहन गर्नेछ ।

(६) कोषको संचालन

उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुले कुलदेवता पूजा संचालन, पूजा स्थल एवं दैविक एवं भौतिक सम्पत्ती संरक्षणको लागि पूजा संचालक समितिले निम्न शिर्षक अन्तर्गत आम्दानी गरी सो को बैंक खाता सञ्चालन गर्नेछ । यसरी संचालन गरिने बैंक खाता समितिको मनोनयनका ३ जना सम्म पदाधिकारीकोे संयुक्त दस्तखतमा खोलीनेछ । (११)

  • (क) सम्पूर्ण सदस्यलाई पूजा संचालक समितिले निर्धारण गरेको सदस्यता शुल्क एवं अन्य शुल्कहरु ।
  • (ख) नव प्रवेशीहरुलाई पूजा संचालक समितिले निर्धारण गरेको प्रवेश शुल्कहरु ।
  • (ग) हरेक परिवारले कुल र कुलदेवताको संरक्षण र सम्बद्र्धनको लागि बार्षिक वा द्वैवार्षिक रुपमा संकलन गरेका रकमहरु ।
  • (घ) कुलदेवता पूजा संचालनको लागि पूजा संचालक समितिले पूजा हुने बर्ष पूजामा सामेल हुने हरेक परिवारको लागि तोकेको न्युनतम रकममा नघटाई प्राप्त भएको रकमहरु ।
  • (ङ) कुल र कूलदेवता सम्बद्र्धनको लागि उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुमा मात्र सिमित कुनै संघ संस्था बाट प्राप्त भएको रकमहरु ।
  • (च) तर उपमन्यु गोत्रिय गणेश पांडेका सन्तती बाहेक अन्य कोही कसैको सहयोग यस कोषमा समावेश गरिने छैन ।

उपरोक्तानुसार प्राप्त भएको रकम पुजा संचालक समितिले सल्लाहकारहरुको समेत राय लिई श्री कुल देवता पूजा संचालन, पूजा स्थल दैविक एवं भौतिक सम्पत्तीको संरक्षणमा आवश्यकता अनुसार खर्च गर्ने छ । पूजा कार्य समितिले आम्दानी खर्चको हरहिसाब दुरुस्त राख्नुपर्नेछ । पूजा संचालक समितिले आप्mनो कार्यकाल समाप्त भएपछि आर्थिक कारोबारको यथार्थ विवरण एवं अन्य कागज पत्रहरु नवगठित संचालक समितिलाई बुझाउनु पर्नेछ ।

(७) विधान संशोधन ः यस विधानमा उल्लेखित बाहेक अन्य कुराका बारेमा निर्णय लिनु परेमा पूजा संचालक समितिले सल्लाहकारहरुको समेत राय लिई निर्णय गर्नेछ । यस विधानमा उल्लेखित मुल उद्देश्य र कुलको परम्परालाई कायम राखी पूजा संचालक समितिले आवशयकता अनुसार विधान संशोधन गरी पूजा संचालक समितिको स्वीकृति लिई लागु गर्न सकिनेछ । वैठकको गणपूरक संख्या ५१५ र विधान संशोधनको लागि पूजा संचालन मूल समितिको वैठकमा उपस्थित संख्याको दुई तिहाई मतका साथै पूजारीको अनिवार्य उपस्थितिबाट संशोधन गर्न सकिने छ । (१२)

पूजा सम्बन्धी नियमहरु ः–

१.

  • (क) फाल्गुण शुक्ल पूर्णिमाको दिन श्री कुल देवताको पूजा हुन्छ । साधारणतया पुजा १२ औं बर्षमा गरिन्छ । शुक्रान्ध, बृहस्पतिअन्ध, ग्रहण तथा फागुपूर्णिमा चैत्र महिनामा पर्ने आदि भएमा पूजा गर्नु हुंदैन । १२ औं बर्षमा यस्तो पर्न गएमा १ (एक) बर्ष अघि वा पछि पूजा गर्ने चलन छ । पूजाको लागि पूजा स्थल र यज्ञको लागि यज्ञ मण्डप विधिवत् रुपमा चतुर्दशीका दिन तयार गरिन्छ ।
  • (ख) पूर्णिमाका दिन उपमन्यु गोत्रिय गणेश पांडेका सन्ततीहरुमा आर्य संस्कार अनुरुप ब्राम्हण र क्षेत्रिय जातका ब्रतबन्ध गरेका पुरुषहरुले मात्र श्री कुलदेवताको दर्शन गर्न पाउंछन् । कुल देवताको दर्शन गर्नको लागि ब्रतबन्ध भएका पुरुषहरुले चतनुर्दशीको दिन नङ काट्ने, कपाल, दाहृी खौरने र उक्त दिन शुद्ध रही हविष्य (एक छाक खाने) बस्नुपर्दछ ।
  • (ग) कुल देवताको दर्शन गर्दा शुद्ध जनै, शुद्ध मर्दाना धोती, शुद्ध भोटो वा सेतो गञ्जी पहिरनु पर्दछ । देवदर्शन गर्दा हरेकले जनै, सुपारी, भेटी, फूल, अविर चढाउन हुन्छ । पुजारीले बाहेक अरुले अक्षता चढाउनु र पूजा गर्नु हुंदैन । ब्रतबन्ध नभएका पुरुष र सम्पुर्ण महिलाहरुले देवताको दर्शन गर्न नहुने परम्परा रहेको छ ।

(२) बली दिने चलन ः–

  • (क) कुलदेवता पूजामा सामोल भएका सम्पुर्ण बन्धुहरुको सगोलमा एउटा कालो बोका शक्तिलाई “समिक्ष” बली सर्वप्रथम दिने चलन छ ।
  • (ख) शक्तिलाइृ बली दिंदा प्रत्येक छुट्ट भिन्न भएका परिवारले प्रत्येक पूजामा एउटा बोका “निम” बली दिने चलन छ ।
  • (ग) प्रत्येक पांडेले आफ्नो जेठो छोरो जन्मिएको उपलक्ष्यमा हर्षबढाई स्वरुप छुट्टै एउटा बोका बली दिने चलन छ ।
  • (घ) प्रत्येका पांडेको जेठो छोराको विवाहको उपलक्ष्यमा हर्षबढाई स्वरुप छुट्टै एउटा बोका बली दिने चलन छ ।(१३)
  • (ङ) पांडेहरुका प्रत्येक छोरीहरुले आफ्नो जेठो छोरो जन्मिएको उपलक्ष्यमा हर्षबढाई स्वरुप माईतीको कुल देवता पुजामा एउटा बोको बली दिने चलन छ ।
  • (च) उल्लेखित कुराका अतिरिक्त यदि कुनै पांडे परिवारका सदस्यले आफ्नो कुनै ईच्छा पूर्तिको लागि कुनै “भाकल” गरेको भए सो अनुसार बली दिने चलन छ ।
  • (छ) कूल देवताको रुपमा शांबसदाशिव र ईष्ट देवीको रुपमा वालत्रिपुरासुन्दरी (चामुण्डा) को पूजा अर्चना हुने हुँदा शक्तिको रुपमा छाग वली दिने कूल परम्परा रहेकोले यस परम्परालाई सामान्यत निरन्तरता दिईने छ । (१४)
  • (ज) शक्तिलाई बली दिने बोका खोटी नभएको शुद्ध हुनु पर्दछ । मुडुलो, लुटे र लुर्कन भएको बोका बली दिनु हुंदैन । समिक्षको, जेठो हांगोको, पुजारीको, कर्ताको र मेधा गर्ने बोका निक्खर कालो रंगको हुनु पर्दछ । अरु बोका जस्तो रंगको भएपनि हुन्छ । तर कालीलाई कालो बोका चढाउनु उत्तम हुन्छ । वली दिने वोका कम्तीमा १ अंगुल लामो सिङ्ग भएको वा न्युनतम ७÷८ किलो वजन भएको हुनुपर्नेछ ।(१५)
  • (झ) सम्पुर्ण बली पूर्णिमाका दिन विधीपूर्वक गरिन्छ । मार हान्नको लागि संभव भएसम्म क्षेत्री भाईले वीरासन (दाहीने घँुडा र देब्रे पैतालाते टेक्ने) मा बसी मार हान्नु पर्दछ ।

(३) वलीको क्रम ।

  • (क) शक्तिलाई भित्र पुजा स्थलमा सर्वप्रथम विधिपूर्वक सम्पूर्ण दाजुभाईको एउटा कालो बोका बली दिईन्छ ।
  • (ख) ऐ.ऐ. दोश्रोपटक जेठो हांगोको कालो बोका बली दिईन्छ ।
  • (ग) ऐ.ऐ. तेश्रोपटक पुजारीको कालो बोका बली दिईन्छ ।
  • (घ) ऐ.ऐ. चौथो पटक कर्ताको कालो बोका बली दिईन्छ ।
  • (ङ) पांचौ पटकबाट भित्रि पूजा स्थलदेखि बाहिर पट्टि मौलो वा वेदी वनाई सम्पूर्ण बन्धुहरु र छोरी बेटीको बोका संयुक्त संकल्पमा बली दिने चलन छ ।
  • (च) एउटा कालो बोका पूजा र होम होमादी सकिएपछि “मेधा” बली गर्ने चलन छ ।

(४) पुजारी ः– पुजारीले भित्र देवस्थलमा रातो भोटो, मर्दाना धोती र शुद्ध जनै पहिरी पुजा गर्दछन् । पुजारीको पुजा गर्ने अधिकार जेठो छोरामा जाने हुँदा पूजा सम्बन्धी पुजारीले पालना गर्ने नियम र पूजा विधिहरु परम्परादेखि नै पुजारीमा नै सुरक्षित रही आएको छ । पुजास्थलको भित्री सुरक्षाको निम्ति पुजारी वा पुजारीले खटाएको बन्धुको अनुमति वेगर कुनै पनि बन्धु बिना काम भित्र पस्न पाईदैन ।

(५) कर्ता ः–

  • (क) प्रत्येक पुजामा कर्ताको निर्धारण पूजा संचालक समितिले गर्दछ । कर्ताले बाहिर यज्ञ मण्डपका कामहरु सम्पूर्ण बन्धुहरुको प्रतिनिधिको रुपमा गर्दछन् । कर्ताले पूजा सामाग्री, भित्री पूजा स्थल सजावट, बाहिर यज्ञ मण्डप सजावट, होम होमादी, दान दक्षिणा, टिकाटाला, भोज खर्चका साथै हर्ष बढाई स्वरुप बोका ल्याउने छोरीबेटीहरुलाई “निग्रह” स्वरुप अतिरिक्त दक्षिणा समेत दिनु पर्दछ । तर पुजाको खर्च सामूहिक रुपमा व्यहोरेमा पुजा सम्बन्धी उपरोक्त सम्पूर्ण खर्च पूजा समिति मार्पmत गरिने छ । कर्ता निर्धारण गर्दा सामान्यतया नदोहोरिने किसिमबाट अर्को बन्धुलाई चयन गर्नुपर्दछ ।
  • (ख) पूजा समितिमा गरिएको आर्थिक सहयोगलाई प्राथमिकतामा राखी अघिल्ला पूजाहरुमा सकृय भूमिका निभाएको र सामान्यतया पाको उमेरका व्यक्तिहरुलाई कर्ताको रुपमा चयन गरिनेछ ।(१६)

(६)

  • (क) पुरोहित तथा ब्राम्हण ः– कुलदेवता पुजामा मुल आचार्यमा प. ३ नं. तनहु चोकका भारद्वाज गोत्रीय कँडेललाई पूस्तौ देखि वरण गरि आएको छ । ब्रम्हासनमा पुजारीको पुरोहित र गणेशमा जेष्ठ ब्राम्हण भानिजलाई बरण गरिन्छ ।
  • (ख) यज्ञशालामा निम्न पाठपूज ागर्ने परम्परा र विधि भएकोले निम्नानुसार व्राम्हण २६ जना वरण गरिनेछ ।
    • (क) रुद्री पाठ गर्ने ब्राम्हण ११ जना
    • (ख) चण्डी पाठ गर्ने ब्राम्हण ९ जना
    • (ग) शरणगत साङ्गो पाङ्गो पुटित पाठ गर्ने ब्राम्हण १ जना
    • (घ) बैदिक मन्त्रले १००० जप गर्ने ब्राम्हण १ जना
    • (ङ) शान्तिकाध्याय र महामृत्युञ्जय मन्त्र पाठ गर्ने ब्राम्हण १ जना जम्मा २६ जना
  • (ग) मूल अभिशेषको समयमा सम्पूर्ण पांडे परिवारहरु भेला भई अभिशेष लिनु पर्दछ । श्री कुलदेवता पुजा पञ्चे बाजा बजाएर हर्षोल्लासका साथ गरिन्छ । श्री कुल देवता पूजामा दिक्षा मन्त्र ग्रहण गर्ने र सक्नेले लाख बत्ती (९ सुते वा ११ सुते वा दुवै) बाल्ने समेत चलन छ ।(१७)
  • (घ) पूजा संचालक समितिका तर्फबाट समिक्ष रुपमा लक्षवर्तिका (लाख वत्ती) प्रज्वलन गरीनेछ ।(१८)

(७) पुजा समापन ः– पूर्णिमाका दिन साँझ पुजारीबाट टिकापाती पछि श्री कुल देवताको अन्तिम दर्शन हुन्छ । पुजारी उमेरमा आफुभन्दा कान्छो वा नातामा आफुभन्दा सानो जे भएपनि पुजाको दिन पुजारी भएको कारणबाट सबै बन्धुहरुलाई टिका लगाउन हुन्छ । त्यसपछि आरती गरी पुजा समापन हुन्छ । यहि दिन ठुलो भोज हुन्छ कुलदेवताटार क्षेत्र भित्र बाहेक अन्यत्र शक्तिको प्रसाद लगी खाने चलन छैन । जे जती प्रसाद हुन्छन् ती सबै सोही स्थानमा नै खाईसक्नु पर्दछ । यस भोजमा वरपर गाउंबाट भेला भएका सारा गाउंले ईष्टमित्रलाई भोज खुवाउने प्रचलन छ ।

(८)

  • (क) टाउके भोज ः– भोलिपल्ट अर्थात प्रतिपदाको दिन बलीको टाउको प्रसादको भोज हुन्छ । पांडेहरुमा मात्र सिमित यो भोज “टाउके भोज” ले प्रसिद्ध हुंदै आएको छ । टाउके भोजमा पुजामा सामेल भएका सबै परिवार मध्येका सम्भव भए सम्म जेठो पुरुष प्रतिनिधि अनिवार्य सामेल भई पूजा तथा अन्य व्यवस्थापन कार्यहरुमा भएका सुधार तथा त्रुटिहरुको समिक्षा गरी भावी कार्यक्रमको लागि निर्णय समेत गर्नुपर्दछ । पुजामा सामेल हुने परिवारले आ आफ्ना वंशजका पुरुष वंशावली सम्भव भएसम्म अनिवार्य लिई आई पूजा संचालक समितिमा पेश गर्नु पर्दछ ।
  • (ख) परम्परागत सहयोगीहरुलाई निमन्त्रणा ः– गणेश पांडेका साथ झिटी झाम्टा कोसेली बोकी आएका हाल गोरखा छोप्राक चोरकाटे बस्ने ठुलाघरे कुमालहरुलाई निमन्त्रणा गरी उनीहरुको सहयोग लिई मूख्य पुजास्थल र यज्ञ मण्डप निमाणर््ा एवं अन्य कार्यहरु गर्दै आएको परम्परागत चलन छ । यस कार्यलाई ठुलाघरे कुमालहरुले शिवशक्ति प्रति आफ्नो भक्ती र पांडेहरु प्रति आफ्नो कर्तव्य ठान्दै आजसम्म पनि उक्त कार्य गर्दे आएका छन् । साथै गणेश पांडेका साथ पुजा झोली (कुल देवता राखेको झोली) बोकी आएका भारतीका सन्ततीहरु हाल गोरखा भिरकोट भारतीबेसी बस्ने भारतीहरुलाई समेत श्री कुल देवता पुजामा अनिवार्य निमन्त्रणा गर्ने चलन छ ।(१९)

(९) निषेधित कुरा ः भित्री पुजास्थल भित्र जुत्ता चप्पल छालाका सामानहरु लैजान एवं फोटो खिच्न पाईदैन । कुलदेवताटार क्षेत्रभित्र ७ दिन अघिदेखि पूर्णिमाका दिन मुल बली नकाटीकन अन्य कुनै काटमार गर्न र टाउके भोज समाप्त नभएसम्म मद्यपान सेवन गर्न समेत हुंदैन ।(२०)

(१०) पूजामा सम्मिलित हुने बन्धुहरुको पांडे परिचय पत्रको व्यवस्था पूजा संचालक समितिले गर्नु पर्दछ ।

(११) श्री कुल देवता पूजामा चतुर्दशी र पूर्णिमाका दिनको गरिने कार्यसूचि (पूजा सम्बनधी मात्र)

(क) चतुदर्शीका दिन ः–

  • १) चतुर्दशीका दिन करीब १५ जना कामदार र ८÷१० बन्धु समेतले दिउँसो ३ बजे भित्रमा काम सक्ने गरि भित्री पूजा स्थल र यज्ञ मण्डप तयार गर्ने । भित्री पूजा स्थलको बाहिरी बार र भित्री बार फरिका बुनी अग्लोसँग तयार गर्ने । साथै अष्ट समिधा (आँक, पलाँस, डुम्री, पिपल, समि, खयर, अपमार्ग, दुबो र कुश) समेत तयार गर्ने ।
  • २) सोही दिन ४ बजे पछि विधिवत देवता स्थापना गर्ने ।
  • ३) देवता स्थापना कार्यमा सहयोग गर्ने बन्धुले बिहान खाना ( भात) नखाने – फलफुल आदि फलाहार गर्न हुन्छ) । ५÷७ जना बन्धुले पुजारीलाई सहयोग दिनु पर्दछ ।
  • ४) साँझ मुल दियो जगाउने । पूजाभाँडाहरु माझेर सफा गर्ने ।
  • ५) भित्र पूजा स्थलको लागि आवश्यक पूजा सामग्रीहरु र चढाउने चीज चतुर्दशीको दिन बेलुका कर्ता वा पूजा समितिले पुजारीलाई बुझाउने ।
  • ६) पूजामा आवश्यक पूजा भाँडा मात्र पूजा स्थलमा लैजाने ।
  • ७) भित्री पूजा स्थल बाक्लो कोरा कपडा ले बेर्ने ।
  • ८) चतुर्दशीको अघिल्लो दिन देखि नै बन्धुहरु भेला हुन शुरु हुने हुदाँ कुलदेवताटार क्षेत्र भित्र टाढा टाढा बाट देखिने गरी २÷४ वटा राता झण्डा अग्ला रुखहरुमा ठड्याउने । – ठाउँको निशानको लागि ) ।
  • ९) सम्पूर्ण बन्धु भेला भई पूर्णिमाको दिनको कार्य विभाजन रुजु एवं थपघट गर्ने ।
  • १०) प्रसादीको लागि गाईको दुधको व्यवस्था मिलाउने ।
  • ११) श्री कूलदेवतालाई निम वली समेत चढाउनु पर्ने सामाग्रीको विवरण अनुसूची (ख) वमोजिम हुनेछ ।

अनुसूचीहरु

(क) पूजा संचालक मूल समितिको विवरण ।

सल्लाहकार समिति

क्र.स नाम ठेगाना कैफियत
ऋषि कुमार पाँडे काठमाण्डौं
गोपाल बहादुर पाँडे चितवन
पदम ध्वज पाँडे तनहु सम्जुर ०१ ४२२६४८६
पुरुषोत्तम बहादुर पाँडे काठमाण्डौं ९८४१९३७९५५
हिमालय बहादुर पाँडे काठमाण्डौं ९८५१०२०९५१
बिक्रम पाँडे ललितपुर ९८५११२७७७७
नेत्रराज पाँडे काठमाण्डौ

कुल देबतापूजा सन्चालन मुल समिति

क्र.स नाम ठेगाना पद कैफियत
श्याम बहादुर पाँडे काठमाण्डौं अध्यक्ष ९८५१०२६६४६
२. अर्जुनराज पाँडे गोरखा (मुल पुजारी) सह–अध्यक्ष ९८४१६६१७८७
३. पृथ्वी बहादुर पाँडे काठमाण्डौं सह–अध्यक्ष ९८०१०२०१०१
४. डा. कृष्ण कुमार पाँडे ललितपुर सह–अध्यक्ष ९८४१४१२५८३
५. नर बहादुर पाँडे चितवन उपाध्यक्ष ९८४५४०८५३५
६. राम कुमार पाँडे ललितपुर उपाध्यक्ष ९८४१४७८२१३
शेर बहादुर पाँडे काठमाण्डौं उपाध्यक्ष ९८४१२२८६१०
जगत बहादुर पाँडे चितवन उपाध्यक्ष ९८५५०६२४५५
गणेश बहादुर पाँडे दोलखा, काठमाण्डौं उपाध्यक्ष ९८५१०१६६७७
१० प्रदिप जंग पाँडे काठमाण्डौ उपाध्यक्ष ९८५१०२३९५५
११ पवन बहादुर पाँडे काठमाण्डौ उपाध्यक्ष ९८४१३३६५९८
१२ प्रसिद्ध बहादुर पाँडे काठमाण्डौ उपाध्यक्ष ९८५१०२००१८
१३ नारायणराज पाँडे गोरखा उपाध्यक्ष ९८६१०४३३६६
१४ रवि जङ पाँडे काठमाण्डौ उपाध्यक्ष ९८५१०३८७८३
१५ दीपककाजी पाँडे काठमाण्डौ महा–सचिव ९८५११५८३२३
१६ दीपक बहादुर पाँडे तनहँु महा–सचिव ९८४१३५७४९५
१७ नर बहादुर पाँडे गोरखा सचिव ९८६११६७८२९
१८ सुमन राज पाँडे गोरखा सह–सचिव ९८४१२०२०७६
१९ शालिकराम पाँडे गोरखा सह सचिव ९८५११६५७२०
२० ध्रुब बिक्रम पाँडे ललितपुर सह सचिव ९८५१०२४९९०
२१ राजन राज पाँडे काठमाण्डौ सह सचिव ९८४१२८५५९३
२२ भक्त प्रल्हाद पाँडे काठमाण्डौ कोषाध्यक्ष ९८५११०७२८१
२३ सुमन बिक्रम पाँडे ललितपुर सह कोषाध्यक्ष ९८५१०२०२९४
२४ प्रताप जंग पाँडे काठमाण्डौ सह कोषाध्यक्ष ९८५१०४२००१
२५ कल्याण बिक्रम पाँडे ललितपुर सह कोषाध्यक्ष
२६ विजय विक्रम पाँडे काठमाण्डौं सदस्य ९८५१०५६२४९
२७ ताराध्वज पाँडे काठमाण्डौं सदस्य ९८४१८४५८३६
२८ बिनोद पाँडे दोलखा सदस्य
२९ विजय कुमार पाँडे काठमाण्डौं सदस्य
३० बोध विक्रम पाँडे काठमाण्डौं सदस्य ९८५१०२४९३३
३१ घनश्याम पाँडे काठमाण्डौ सदस्य ९८४१३८५७९०
३२ अर्जुन बहादुर पाँडे काठमाण्डौ सदस्य ९८४१३१२८४३
३३ रामराजा पाँडे काठमाण्डौ सदस्य ९८४१२८०७२८
३४ रेसम बहादुर पाँडे नुवाकोट सदस्य ९८४१३११२९७
३५ सन्तोष पाँडे काठमाण्डौ सदस्य ९८५१०२०७०५
३६ किरण बहादुर पाँडे दोलखा सदस्य ९८४१२७८२७१
३७ अर्जुन प्रसाद पाँडे नुवाकोट सदस्य ९८५१०८४९८५
३८ काजी बहादुर पाँडे भोजपुर, बिराटनगर सदस्य ९८५१०००१७७
३९ रमेस पाँडे पोखरा सदस्य ९८५६०२२१८८
४० गोपाल पाँडे गोरखा सदस्य ९८६९३९६२५६
४१ अमृत पाँडे गोरखा सदस्य ९८५६०२६५३१
४२ माधब राज पाँडे काठमाण्डौं सदस्य ९८५६०२२१८८
४३ राजेन्द्र बहादुर पाँडे चितवन सदस्य ९८४५०२३४२७
४४ फणिन्द्र बहादुर पाँडे (सङ्कर) चितवन सदस्य ९८४५०४३६६५
४५ बलु पाँडे भैंसेपाटी, ललितपुर सदस्य ९८४५९२१८२२
४६ कुमार पाँडे जीवनपुर, धादिङ सदस्य ९८५११६५९९५
४७ अच्युत राज पाँडे धादिङ सदस्य ९८५१०२४७६९
४८ दिवाकर पाँडे मकवानपुर सदस्य
४९ गणेश पाँडे नुवाकोट सदस्य
५० तोक बहादुर पाँडे गोरखा सदस्य
५१ साम्राज्य विक्रम पाँडे धनगढी सदस्य ९८०२०३३३७०
५२ भिमसेन पाँडे काठमाण्डौ सदस्य ९८४१२३४९४६
५३ प्रबिण बहादुर पाँडे काठमाण्डौ सदस्य
५४ इन्द्रराज पाँडे काठमाण्डौ सदस्य
५५ माधब जंग पाँडे नुवाकोट सदस्य ९८४१५८३८७३
५६ रण बहादुर पाँडे चितवन सदस्य ९८५५०७३९२६
५७ मोहन बहादुर पाँडे चितवन सदस्य ९८४५०४४०१३
५८ सुर्य बहादुर पाँडे तनहु फच्याङ्ग सदस्य ९८५१०९१२६८

(ख) श्री कूल देवतालाई प्रत्येक घरबाट लग्नुपर्ने पूजा सामाग्री को विवरण ।(२१)

अविर, केशरी, धुप, वत्ती, नैवेद्य (फलफूल÷पकवान), फूलमाला, रातोसेतो, पँहेलो वस्त्र (१÷१ मिटरका दरले), तिल, जा,ै जनै सुपारी, भेटी, आभुषण (गहना÷शौभाग्य), चौपाय वली ।

परिशिष्टाङ्क
(२०७६ को परिमार्जित व्यवस्था)

पूजा विधानमा संकेत गरिएका सि.नं. १ देखि २१ सम्म का व्यहोरा बाहेक विधानको ँयचmबत निश्चित ढाँचामा परिवर्तन गरिएको र निम्न व्यवस्था गरिएको छ ।

  • १. कार्य समितिको सट्टा सबै ठाँउमा संचालक समिति कायम गरिएको ।
  • २. श्री भन्ने शब्द पछाडी कूलदेवता थप गरिएको ।
  • ३. दैविक सम्पत्ति भन्ने शब्दमा दैविक एवं भौतिक सम्पत्ति भन्ने कायम गरिएको ।

सि.नं. १ देखि २१ सम्मको व्यहोरा निम्नानुसार रहेको छ ।

  • १. साविक व्यहोरालाई प्रस्तावना कायम गरिएको ।
  • २. २०७६ को परिमार्जनमा थप गरिएको ।
  • ३. २०५२ को सट्टा २०६५ कायम गरिएको ।
  • ४. साविक (ग) को सट्टा धारा ३ खण्ड (ठ) को व्यवस्था सारिएको ।
  • ५. संक्षेपीकरण गरिएको ।
  • ६. १५ देखि २१ को सट्टा ६५ जना सम्म भन्ने व्यवस्था कायम गरिएको ।
  • ७. थप स्पष्ट गरिएको ।
  • ८. थप स्पष्ट गरिएको ।
  • ९. साविक व्यवस्था प्रचलित कानुन प्रतिकुल रहेकोले कानुन अनुकुल हुने गरी व्यवस्था गरिएको ।
  • १०. थप स्पष्ट गरिएको ।
  • ११. खाता संचालक पदाधिकारीमा सामान्य परिवर्तन गरिएको ।
  • १२. विधान संशोधन को प्रक्रियामा सामान्य परिवर्तन गरिएको ।
  • १३. प्रथम विवाह भनिएकोमा प्रथम शब्द हटाईएको ।
  • १४. थप व्यवस्था गरिएको ।
  • १५. वोकाको उमेर वा तौल वारे स्पष्ट गरिएको ।
  • १६. २०७६ मा थप गरिएको ।
  • १७. दमाई शब्द हटाईएको ।
  • १८. २०७६ मा थप गरिएको ।
  • १९. साविक विविधमा लेखिएको कुरालाई शिर्षक प्रदान गरिएको ।
  • २०. साविक विविधमा लेखिएको कुरालाई शिर्षक प्रदान गरिएको ।
  • २१. २०७६ मा थप गरिएको ।

Back to home

कूलदेवता पूजाको वैठकका निर्णयहरु

पॉंडे समाज

निर्णयहरु

१. श्री उपमन्यू गोत्रिय गणेश पाँडेका सन्ततीहरुको १२ वर्षे श्री कूलदेवता पूजाको विधान र पूजा नियमावलीलाई समयानुकूल परिमार्जन गरी स्विकृतिका लागि प्रस्तुत भएको मस्यौदामा २०६५ सालमा परिमार्जन गरिएका कुराहरु प्रिशिष्टाङ्क वनाई संलग्न गर्ने गरी पारित गरिएको छ ।

२. मूल समिति प्रति उत्तरदायी हुने गरी निम्न ५ वटा कार्य क्षेत्र का लागि निम्नानुसार उपसमितिहरुको गठन गरिएको छ ।

(क) पूजास्थल व्यवस्थापन उप समिति

क्र.स. नाम पद
१. पवन बहादुर पाँडे संयोजक
२. प्रकाश बहादुर पाँडे सदस्य
३. विजय विक्रम पाँडे सदस्य
४. नारायणराज पाँडे सदस्य
५. दीपक वहादुर पाँडे सदस्य
६. अर्जुन बहादुर पाँडे सदस्य
७. नरबहादुर पाँडे (गोर्खा फूजेल) सदस्य
८. भिमसेन पाँडे सदस्य
९. दीपक जंग पाँडे सदस्य
१०. घनश्याम पाँडे सदस्य
११. सुमनराज पाँडे (खोप्लाङ्ग) सदस्य
१२. शलिकराम पाँडे (खोप्लाङ्ग) सदस्य
१३. राजन राज पाँडे सदस्य
१४. उत्तम जंग पाँडे सदस्य
१५. राजेन्द्र बहादुर पाँडे (तनहुँ) सदस्य
१६. बोध विक्रम पाँडे सदस्य
१७. रमेश बहादुर पाँडे (पोखरा) सदस्य
१८. गणेश बहादुर पाँडे सदस्य
१९. रण बहादुर पााडेँ सदस्य
२०. शम्भुराज पाँडे सदस्य
२१. चन्द्रराज पाँडे सदस्य
२२. अमृत पाँडे सदस्य
२३. लिला बहादुर पाँडे सदस्य
२४. राजाराम पाँडे (गोर्खा फूजेल) सदस्य

(ख) यज्ञ व्यवस्थापन उप समिति

क्र.स. नाम पद
१. अर्जुनराज पाँडे संयोजक
२. प्रसिद्ध बहादुर पाँडे सदस्य
३. दीपककाजी पाँडे सदस्य
४. नर बहादुर पाँडे (चितवन) सदस्य
५. भक्त प्रल्हाद पाँडे सदस्य
६. जीवन बहादुर पाँडे (तनहुँ) (९८५१०९५५८०) सदस्य

(ग) आर्थिक व्यवस्थापन उप समिति

क्र.स. नाम पद
१. पृथ्वी बहादुर पाँडे संयोजक
२. जगत बहादुर पाँडे सदस्य
३. प्रदिप जंग पाँडे सदस्य
४. प्रसिद्ध बहादुर पाँडे सदस्य
५. भक्त प्रल्हाद पाँडे सदस्य
६. सुमन विक्रम पाँडे (सानेपा) सदस्य
७. रबी जंग पाँडे सदस्य
८. दीपककाजी पाँडे सदस्य
९. नर बहादुर पाँडे (गोर्खा) सदस्य
१०. धु्रव बिक्रम पाँडे सदस्य
११. सुमन राज पाँडे (खोप्लाङ्ग) सदस्य
१२. रामराजा पाँडे (फुजेल) सदस्य
१३. कल्याण विक्रम पाँडे (वैंक) सदस्य
१४. राजु नाथ पाँडे, मकवानपुर सदस्य
१५. प्रभाकर पाँडे, मकवानपुर सदस्य
१६. रमेश बहादुर पाँडे, पोखरा सदस्य
१७. अमृत पाँडे सदस्य

(घ) प्रचार प्रसार उपसमिति

क्र.स. नाम पद
१. कल्याण विक्रम पाँडे संयोजक
२. सूरेन्द्र पाण्डे (व्रिस्ठ ईन्जिनियर) सदस्य
३. श्ुारोजंग पाँडे (नयाँ पत्रिका) सदस्य
४. श्ुाशिल पाँडे (एभिन्युज टि.भी.) सदस्य
५. मनोज पाँडे (पधानमन्त्रीको अर्थ सम्बन्धी कार्यक्रम) सदस्य

(ङ) स्वास्थ्य उपसमिति

क्र.स. नाम पद
१. शशी जंग पाँडे (९८५५०५५१३३) संयोजक
२. दृष्टी शाह पाँडे उप संयोजक
३. अन्य सदस्यहरु कार्य सम्पादन समितिले मनोनित गर्ने ।

३. वैठकमा प्रस्तुत श्री कूलदेवता पूजा संचालन को लागि प्रस्तावित कार्यक्रमलाई पारित गरियो र यस कार्यक्रम को खाकाले माग गरेका, पूजा विधानले निर्दिष्ट गरेका क्षेत्रमा विशेष अनुभव, इच्छा र उत्सुकता भएका वन्धुहरु मध्येबाट छनौट गरी विषयगत कार्यदल निर्माण गर्ने र ति कार्यदलको काम र कार्यअवधी निर्धारण गर्ने कार्य मुल समिति अन्तर्गतको कार्य सम्पादन उपसमितिले गर्ने गरी अधिकार प्रत्यायोजन समेत गरियो ।

४. वैठकमा प्रस्तुत भएको मूल समिति तथा ५ वटा उपसमितिहरुको कार्यविभाजन प्रस्ताव पारित गरीयो । मूल समिति को अधिकार प्रयोग गरी काम गर्ने कार्य सम्पादन समितिले (ऋयचभ न्चयगउ) ले आवश्यक्ता अनुसार थप परिमार्जन वा हेरफेर गर्न सक्ने गरी अधिकार प्रत्यायोजन समेत गरियो ।

५. मूल समिति अन्तर्गतको कार्य सम्पादन समिति निम्नानुसार रहेको छ ।

क्र.स. नाम पद
१. पवन बहादुर पाँडे संयोजक
२. नर बहादुर पाँडे (चितवन) सदस्य
३. नर बहादुर पाँडे (गोरखा) सदस्य
४. दीपक काजी पाँडे सदस्य
५. दीपक बहादुर पाँडे सदस्य
६. सुमन पाँडे (खोप्लाङ) सदस्य
७. शलिकराम पाँडे (खोप्लाङ्ग) सदस्य
८. भक्त प्रल्हाद पाँडे सदस्य
९. अर्जुन बहादुर पाँडे (कर्णेल) सदस्य
१०. सन्तोष पाँडे (पकनाजोल) सदस्य
११. रमेश पाँडे (पोखरा) सदस्य
१२. अर्जुन प्रसाद पाँडे (नुवाकोट) सदस्य
१३. धु्रवविक्रम पाँडे (सानेपा) सदस्य
१४. प्रशिद्ध बहादुर पाँडे सदस्य
१५. प्रत्येक उपसमितिका संयोजकहरु पदेन सदस्य

६. श्री कूल देवता पूजाको लागि पूजास्थल व्यवस्थापन, यज्ञ व्यवस्थापन, प्रचारप्रसार, स्वास्थय उपसमितिहरु लाई तोकिएका कामहरु गर्न ठुलै धनराशी, जिन्सी आदि को आवश्यक्ता पर्ने भएकोले जिन्सी बाहेक प्रति परिवार यस पटकलाई न्युनतम रु.७,५००।– (सात हजार पाँच सय) सहयोग राशी तोक्ने र सो रकममा नघटाई अर्थ संकलन गर्न आर्थिक व्यवस्थापन उपसमितिलाई निर्देशन दिने निर्णय गरियो ।

७. स्वीकृत पूजा विधान २०७६ को धारा ५(ख) वमोजिम २०७६ साल फाल्गुण २६ गते को पूजाको लागि अध्यक्ष (थकाली) को वृद्धावस्था र स्वास्थ्यका कारण भोको वसी पूजा सम्पन्न गर्न असुविधा हुने महसुस भएकोले सह अध्यक्ष श्री पृथ्वी बहादुर पाँडे लाई कर्ताको रुपमा मनोनयन गरियो ।

Back to home

समितिहरुको कार्य विभाजन

पॉंडे समाज

पूजा संचालन मूल समिति र उपसमितिहरुको
कार्य विभाजन यस प्रकार छ ।

पाँडे सेवा समाजको विधान २०७६ वमोजिम गणेश पाँडेका सन्ततीहरु उपमन्यु गोत्रीय पाँडेहरुको कुलदेवताको पूजा २०७६।१२।२६ गते सोमबारका दिन नेपाल भर रहेका पाँडे वन्धुहरु हुन गईरहेको जानकारीका साथ पूजालाई मर्यादित , भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न पेशामा आवद्ध पाँडे वन्धुहरु रहेको विविध समिति गठन गरिएको छ । जसको काम कर्तवय देहाए वमोजिम रहने छ ।

मूल समिति

  • १. विद्यमान पूजा विधानमा आवश्यकता अनुसार परिमार्जन गर्ने ।
  • २. पूजाको समयमा गरीने विस्तृत कार्यक्रमको निर्माण, खर्चको अनुमान गरी वजेट वाँडफाँड गर्ने ।
  • ३. उपसमितिहरुको कामको रेखदेख नियन्त्रण गने
  • ४. देशका विभिन्न क्षेत्रमा छरिएर रहेका पाँडे वन्धुहरुलाई कुलदेवता पूजाको विधि, पद्धती, पूजा सामाग्री निश्चित गर्नें
  • ५. कूल देवताको पूजामा सहभागी हुने पाँडेवन्धुहरुको व्यक्तिगत र पुस्तागत अभिलेख संकलन गरी पुस्तिका निर्माण गर्ने ।
  • ६. कूलदेवता पूजामा आउने पाँडेवन्धुहरुलाई आवास तथा भोजनको व्यवस्था मिलाउने ।
  • ७. पूजा व्यवस्थापनमा आवश्यकताको पहिचान गरी विभिन्न उप समिति गठन गर्ने ।
  • ८. गठित उपसमितिहरुको काम कर्तव्य निश्चित गर्ने । उपसमितिको कामको लेखाजोखा गरी आवश्यक्तानुसार थप निर्देश्य दिने, आवश्यकता हेरी उप समितिका सदस्यहरु थपघट गर्ने ।
  • ९. पूजा स्थल पालुङटार न.पा.१ गोरखा भुसुन्डेको थलगत निरीक्षण गरी आवश्यक व्यवस्था मिलाउने, वाजागाजाको व्यवस्था , पूरोहित पण्डितहरुको व्यवस्था, पूजा सामाग्रीको व्यवस्था, असहाय असक्तहरुको सेवासुविधाको व्यवस्था वन्दोवस्त गर्ने गराउने ।
  • ११. अतिथि सत्कारको उपयुक्त व्यवस्था गर्ने ।
  • १२. स्वयं सेवकको समूहलाई परिचालन गर्ने , शौचालय निमार्णको व्यवस्था, खानेपानीको व्यवस्था,वाटोघाटोको सरसफाई तथा सुधार गर्ने गराउने ।
  • १३. विद्युत आपुर्तीको व्यवस्था मिलाउने ।
  • १४. वंशावली अद्यावधिक गर्ने ।
मूल समितिको मातहत रहने गरी निम्न उपसमितिहरु गठन गरी तिनिहरुको जिम्मेवारी निम्नानुसार निश्चित गरिएको छ ।

१.पूजास्थल व्यवस्थापन उपसमिति

  • १. कूलदेवताटारमा पुग्ने वाटो, घाटो सुधार गर्न गराउन पहल गर्ने ।
  • २. पूजास्थललाई अस्थायी भौतिक सुधारको माध्यमबाट सुविधायुक्त वनाउने ।
  • ३. पानीको आपुर्ति, पर्याप्त शौचालयको निर्माण र सामाग्रीको उपयुक्त व्यवस्थापन र वत्तीको यथेष्ट प्रवन्ध गर्ने ।
  • ४. आवास तथा भोजनको सामुहिक र उपयुक्त व्यवस्था मिलाउने ।
  • ५. सवारी पार्किङ सुरक्षाको यथेष्ट व्यवस्था मिलाउने ।
  • ६. चौपाया वली संकलन गरी वली –वेदीको व्यवस्था (मार हान्नेसमेत), समानुपातिक वितरणको उपयुक्त व्यवस्था मिलाउने ।
  • ७. भोज÷भोजनका लागि आवश्यक सामाग्री, भोजन तयार गर्न आवश्यक भाँडाकुँडा र हतियारको यथेष्ट व्यवस्थ ागर्ने ।
  • ८. आगन्तुकको रजिष्टे«सन गरी अभिलेख राख्ने ।
  • ९. वाजा गाजा, भजन समुह, साँस्कृतिक कार्यक्रम समुहको प्रवन्ध गर्ने ।
  • १०. आवास÷भोजनको लागि स्वयंसेवक एवं ज्यालादारी श्रमिकको व्यवस्था मिलाउने ।
  • ११. पूजाको अवसरमा जेष्ठ वन्धुहरुको सम्मान, विशेष भूमिका निभाउने वन्धु र विशेष सहयोग पु¥याउने व्यक्तिहरुलाई उचित सम्मान को व्यवस्था मिलाउने ।

२. पूजा÷यज्ञ व्यवस्था उप समिति

  • (क) पूरोहित÷ पण्डितको व्यवस्था गरी परम्परा वमोजिमको पूजा पाठ गराउने ।
  • (ख) पूजाको लागि चाहिने तेल, घ्यू, वत्ती, अगरवत्ती, चन्दन, अक्षता, ध्वजा आदि पूजा सामाग्रीको व्यवस्था मिलाउने ।
  • (ग) पूजास्थल निर्माण, सजावट आदि गर्ने ।
  • (घ) प्रसादहरु संकलन गर्ने÷वितरण गर्ने, अभिषेक र वत्तीको प्रज्ज्वलनको व्यवस्था मिलाउने ।
  • (ङ) छोरी वेटी, ज्वाँई, भान्जा भान्जीहरुलाई टिका प्रसाद लगाई दक्षिणा निग्रहको व्यवस्था मिलाउने ।
  • (च) अतिथी अभ्यागतको सूचि निर्माण गरी निमन्त्रणाको व्यवस्था मिलाउने ।

३.आर्थिक उपसमिति

  • (क) वन्धुवान्धवहरु सँग व्यापक सम्पर्क गरी जिन्सी÷नगदी सहयोग संकलन गर्ने ।
  • (ख) संकलित नगदीको यथार्थ हिसाव राख्ने, जिन्सीको उपयुक्त भण्डारणको व्यवस्था मिलाउने ।
  • (ग) कूलदेवताको अचल सम्पत्ति (जग्गा वा जमिन) र चल सम्पत्ति (गरगहना, भाँडाकुँडा आदि) को लगत अद्यावधिक गर्ने ।
  • (घ) पूजा समाप्ती भएपछि आम्दानी ÷खर्चको यथार्थ विवरण वनाई मूल समिति समक्ष प्रस्तुत गर्ने ।

४.प्रचारप्रसार उप समितिः

  • (क) स्वदेश तथा विदेशमा रहनुभएका गणेश पाँडेका सन्तती उपमन्यु गोत्रीय पाँडे वन्धुहरुलाई विभिन्न आधुनिक र प्रविधिको माध्यम द्धारा कूलदेवता पूजाको व्यापक प्रचार–प्रसार गर्ने ।
  • (ख) पाँडे वन्धुहरु कुन कुन ठाँउमा रहेका छन् अभिलेख संकलन गरी कूलदेवता पूजामा व्यापक सहभागिता गराउने ।
  • (ग) कूलदेवता पूजा सम्बन्धी वृत चित्र (म्यअगmभलतचथ) को निर्माण गर्ने ।
  • (घ) देश विदेशमा रहेका पाँडे वन्धुहरुको टेलिफोन नम्वर सहित व्यक्तिगत विवरण संकलन गर्ने ।
  • (ङ) कूल देवता पूजाको गतिविधिहरु संकलन ÷अभिलेखीकरण गर्दै मूल समितिको सहमति लिई क्रमशः पाँडे समाजको औपचारिक ध्भदकष्तभ धधध।उबलमभकबmबव।यचन।लउ मा गउमबतभ गर्ने ।

५.स्वास्थ्य उप समिति

  • (क) कूल देवताको पूजा स्थलमा स्वास्थ्य शिविर संचालन गर्ने ।
  • (ख) स्वास्थ्य शिविरको लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्था मिलाउने ।
  • (ग) स्वास्थ्य सम्बन्धि जनचेतना मुलक पर्चा÷पुस्तिका वितरण गरी स्थानीय समाजमा विशेष योगदान पु¥याउने ।
  • (घ) कूलदेवताको पूजामा आएका पाँडे बनधुहरुको आवश्यकतानुसार सामान्य स्वास्थ्य परिक्षण गर्ने । प्राथमिक उपचारको उपयुक्त व्यवस्था मिलाउने ।

Back to home

मूल मन्त्र: वन्धुहरु विच एकता र व्यवस्थापकिय समानता

पॉंडे समाज

संवत २०७६ साल फागुन २६ गते सोमबारका दिन गरिने उपमन्यु गोत्रिय गणेश पाँडेका सन्ततीहरुको श्री कूल देवता पूजा संचालनको मोटामोटी कार्यक्रम ः

प्रस्तावित यि वँुदागत कार्यक्रमलाई विस्तृत कार्यतालिका निर्माण र आवश्यक वजेट खर्चको अनुमान सहित तोकिएको कार्यदल ले पूजाको कार्यक्रम भन्दा ३ महिना अगावै मूल समितिमा प्रस्तुत गरी अनुमोदन गराउनु पर्नेछ ।

१. भौतिक सुधार

  • (क) वाटो ः हालको १३ किलो भन्ने ठाँउबाट पूजास्थल पुग्न लगभग ७/८ किलो मिटरको दूरी छ, दोहोरो मोटर चल्ने उक्त काटोका केही भाग पिच भए पनि हाल विग्रिएको अवस्थामा देखिन्छ । पूजास्थल सम्म मोटरमा नै जान सकिने र धेरै वन्धुहरु आफ्नो सवारी साधन (कार, जिप, मोटर साईकल) लिएर जाने संभावना भएकोले वाटोको स्तर सुधार गर्नु अति जरुरी छ । त्यसका लागि स्थानीय तह लगाएत सरकारी कार्यलयहरु सँग समन्वय गनर्’ पर्ने हुन्छ र उक्त वाटोको सुधार कार्यमा करिव ३ महिना अघि देखि नै लाग्नु पर्ने हुन्छ । यस कामका लागि प्राविधिक अध्ययन गरी यथार्थ विवरण तयार गर्नु पर्ने र तद्अनुरुप वाटोको सुधार गराउन आवश्यक हुने हुँदा पूजा समितिको भूमिका समेतको आँकलन गरी पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ख) खानेपानी ः एकैपटक ठुलो संख्यामा मानीसको जम्घट हुने विगतको अनुभव र आगामी पूजामा लगभग १० हजार मान्छेको उपस्थिती हुने संभावनाका कारण कूलदेवताटार वरीपरिको पानीको श्रोतले नभ्याउने हुँदा पानी संकलनका स्थायी÷अस्थायी व्यवस्था र दरौंदी बाट ढुवानी गरी आपूर्ती गर्ने सम्मका वैकल्पिक व्यवस्थाहरु गर्न पर्ने हुन्छ । सो का लागि पनि स्थानीय तह र सरकारी कार्यलयहरु सँग समन्वय गरी व्यवस्था गर्न सकिने हुँदा सो का लागि पनि पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ग) कूलदेवताटार गरा सुधार र पर्खाल वा काँडेतार वाट घेरवे गर्ने कार्य गर्नुपर्ने देखिएको र मन्च व्यवस्था, आवास व्यवस्थाका लागि आगामी हिउँद अगावै गरा सुधार कार्य सक्ने गरी पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (घ) वत्ती शौचालयको आपूर्तिं र प्रवन्धका हकमा ठुलो संख्याको उपस्थिति हुने हुँदा पानीको निरन्तर आपूर्ति सहितको शौचालयहरुको प्रवन्ध र कूलदेवताटार र आवास क्षेत्र मा विद्युतीय सजावटको कार्य गर्नु न्युनतम आवश्यकता भएकोले तत्संवन्धी प्रवन्ध गन पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।

२. आवास व्यवस्था ः

  • (क) पूजास्थल को आवास व्यवस्था ः पूजास्थल वरिपरी वस्न चाहने वन्धुहरुको लागि पाल, छाप्रो, टहरा को उपयुक्त व्यवस्था गरी द्यीइऋप् छुट्याई निश्चित भेग, निश्चित समूह वा निश्चित परिवारका लागि समानुपातिक हिसावले स्थान वितरण गर्ने नीति अख्तियार गर्दै पालको पर्याप्त प्रवन्ध, छाप्रो÷टहरा निमार्णको सामाग्री आपूर्ति गर्ने गरी पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ख) होटल व्यवस्थापन ः ठुलो संख्यामा वन्धुहरु उपस्थित हुने, कूलदेवताटार र वरीपरी को ठाँउले नपुग्ने, पानी र शैचालयको पर्याप्तता नहुने कारण र १२ किलो, १३ किलो, छेपेटार, गोरखा सदरमुकाम, आँवु खैरेनी र मुग्लीन सम्म ३० मिनेट देखि १ घण्टाको दुरी पर्ने र ती स्थानहरुमा पर्याप्त होटलहरु रहेको र निजी सवारी साधन र सार्वजनिक सवारी साधनको पहुँच र पर्याप्तता भएकोले तत्तत् स्थानका होटलहरुमा सहुलियत दरमा होटलका कोठाहरुको प्रवन्ध पूजास्थल व्यवस्थापन उपसमिति मार्फत व्यवस्था मिलाउने ।
  • (ग) मंच व्यवस्थापन ः औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम संचालन गन, समितिको सचिवालयको काम गर्न समेतका लागि श्री कूलदेवता पूजा मण्डप नजिक ठुलो स्थान मा क्यगलम क्थकतझ, वत्ती, कुर्चिहरुको प्रवन्ध सहितको सजिसजाउ मंच निर्माण गरीनेछ ।

३. भोजन व्यवस्था ः

  • (क) यो पूजामा पूर्णिमाको अघिल्लो दिन पुग्ने वन्धुहरुको लागि हविष्य भोजनको व्यवस्था गर्ने, पूर्णिमाका दिन गाँउले÷सहयोगीहरु र मुख्य भोजन स्थलमा प्रसाद ग्रहण गर्न चाहने वन्धु वान्धवहरु समेतलाई वलीको प्रसाद सहितको भोजनको व्यवस्था गर्ने, पूर्णिमाका दिन आफैं खानाको व्यवस्था गर्न चाहने वन्धुहरुलाई नपुग खाद्य सामाग्री को आपूर्ति गर्ने र भोज प्रवन्धका लागि आवश्यक रसद पानी , इन्धन, भाँडा कुँडा, र श्रमिकहरुको व्यवस्था मिलाउने गरी पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ख) वलीका वोका वितरणको उपयुक्त व्यवस्था मिलाउने कामका लागि पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ग) टाउके भोजका लागि आवश्यक सामाग्री र श्रमिकको प्रवन्ध गर्ने । सो कामका लागि पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।

३. प्रचार प्रशार ः

हाम्रा वन्धुहरु देशभर छरिएका र कतिपय भारतमा र तेश्रो विश्वका मुलुकहरुमा समेत वसोवास गरेकाले समयमै सवैले जानकारी पाउन् भनी सूचना प्रविधिका सवै साधन प्रयोग गरी व्यापक उपस्थिति गराई पूजा समारोहलाई गौरवपूर्ण वनाउने हेतुले प्रचार प्रशार समितिले निम्न कार्य गर्ने ।

  • (क) छापा, विद्युतीय माध्यम, क्यअष्ब िmभमष्ब, ध्भदकष्तभ मार्फत पुजाको तिथीमिती, पूजा स्थल व्यवस्थापनसमितिबाट प्राप्त हुने सुविधाहरु, आफुले व्यवस्था गर्नुपर्ने सामाग्रीहरु, पूजाका नियम, पूजा संवन्धि ऐतिहासिक सामाग्रीहरु, पाँडे वंश सँग संवन्धित पुस्तक÷प्रकाशनहरुको विवरण सहितका सूचनाहरुको सम्प्रेषण गर्ने ।
  • (ख) पूजाको पौराणिक, ऐतिहासिक पक्ष र व्यवस्थापकिय पक्षहरु समेटेर पूजाको सम्पुर्ण गतिविधिहरुलाई समेटी वृतचित्र (म्यअगmभलतचथ) निर्माण गर्ने ।

४. स्वास्थ्य शिविर ः

नेपाल एकीकरण लगायत प्रशासनिक क्षेत्रमा पाँडेवंशको अतुलनीय भूमिका रहेको, कतिपय पाँडे पुरुषहरु इतिहास प्रशिद्ध विभुतिका रुपमा रहेको र त्यस्ता पुर्खाका हामी केही सन्ततीहरु आजको समयमा विविध क्षेत्रमा कर्मठ रुपमा प्रसिद्ध रहेका छौं र आर्थिक हैसिएत समेत कायम गरी सामाजिक क्षेत्रमा समेत प्रशिद्धी कमाएका छौं । अर्को तर्फ हाम्रो ऐतिहासिक पूजास्थल ग्रामिण भेगमा रहेको र स्थानीय गाँउलेहरुले पाँडे परिवारको गाथा पनि जाने सुनेका, हाम्रो पुख्र्याैली विरासतका कारण पनि स्थानीयहरु को सेवा मार्फत हाम्रो भूमिका देखाउनु उपयुक्त हुन्छ । । त्यसै गरी हाम्रा भाइ, भतिजा, भतिजी, छोरी, वुहारीहरु कैयौको संख्यामा डाक्टर रहृेकाले उनीहरुकै स्वयं सेवा मार्फत पूर्णिमाको अघिल्लो दिन स्थानीयहरुका लागि एक दिने स्वास्थ्य शिविर संचालन गर्ने र पाँडे वन्धुहरुका लागि ३ दिने प्राथमिक उपचार केन्द्र संचालन गर्ने गरी स्वास्थ्य उपसमितिले शिविरको विशेषज्ञता सहितको पहिचान गरी सम्पूर्ण व्यवस्था मिलाउने ।

५. सुरक्षा र स्वयंसेवाको प्रवन्ध ः

  • (क) एकै ठाँउमा थोरैे दिनका लागि मानिसको ठुलो जमघट हुने र स्थानीय क्षेत्रमा एक प्रकारको मेलाको रुप नै लिने हुँदा व्यवस्थापकीय सामाग्रीहरुको सूरक्षा, व्यक्तिगत धन सम्पत्तीको सुरक्षा, स्थानीय वासीहरुको चापका कारण हुने विविध प्रकारका विसंगतीहरुको निराकरणका लागि पर्याप्त सुरक्षा को प्रवन्ध मिलाउनु पर्ने हुन्छ । सो का लागि गोरखा जिल्ला को सुरक्षा निकायहरु सँग आवश्यक सहयोग र समन्वयका लागि उपयुक्त प्रवन्ध मिलाउन सामाजिक रुपले प्रतिष्ठित वन्धुहरुको एक कार्यदल मार्फत आवश्यक प्रवन्ध गर्ने ।
  • (ख) स्थानीय वासिन्दा, पाँडे वन्धुका युवा छोरा नातीहरुको कमसेकम १५० जना को स्वयं सेवक दस्ता निर्माण गरी मंच, भोजन, वली व्यवस्था, भोज वितरण, दर्शनको व्यवस्थाका लागि परिचालन गर्ने ।

६. श्री कूलदेवता पूजा व्यवस्था ः

यो कामको लागि पूजा संचालन मूल समिति अन्तर्गत पूजा व्यवस्थापन उपसमिति कार्यरत रहन्छ । यसको नेतृत्व मूल समितिका सह अध्यक्ष पूजाहारी श्री अर्जुन राज पाँडे ले गर्नुहुने छ । यो समितिले पूजा विधान र पूजाको नियमको अधिनमा रही निम्न कार्य गर्नेछ ।

  • (क) पूजास्थल उत्खनन ः चतुदर्शिका दिन श्री कूलदेवता रहेको भूमि उत्खनन गरी भित्री पूजास्थल वनाउने , घेरावेरा गर्ने, वाहिरी घेरा वनाई परम्परागत रुपमा सजावट गर्ने ।
  • (ख) सोही दिन ४ वजे देवता स्थापना गर्ने ।
  • (ग) साँझ मूल दियो जलाउने र पूजा भाँडा को सफाई लगाएतको व्यवस्थ ागर्ने ।
  • (घ) पूजा सामाग्री पहिल्यै खरीद गरी आपूर्ति गर्ने ।
  • (ङ) समिक्ष र मेधा वलीको वोका व्यवस्था गर्ने ।
  • (च) २६ जना पण्डित, पुरोहित आपूर्तिको व्यवस्था तथा वरण गर्ने ।
  • (छ) नौमती बाजाको प्रवन्ध गर्ने ।
  • (ज) स्थानीय भजन टोली, लोक भजन टोली र साँँस्कृतिक कार्यक्रम गर्ने टोलीको व्यवस्था गर्ने ।
  • (झ) यज्ञ मण्डप, हवन मण्डप चतुदर्शिका दिन नै निमार्ण गर्ने ।
  • (ञ) वन्धुहरुको पूजा सामाग्री संकलन गर्ने, संयुक्त अभिशेष को व्यवस्था गर्ने, दर्शनको व्यवस्था मिलाउने ।
  • (ट) मार हान्ने टोली, हतियारको प्रवन्ध मिलाउने ।
  • (ठ) कूलदेवतालाई पहि¥याउने गहना लकर वाट झिकी महासचिव दिपककाजी पाँडे ले जिम्मा लिने, पहि¥याउन पूजारीलाई हस्तान्तरण गर्ने र पूनः फिर्ता लिई सुरक्षित गर्ने ।
  • (ड) वन्धुहरुवाट चढ्ने नयाँ गरगहना वुझी लगतमा थप गर्ने ।
  • (ढ) छोरी वेटीले ल्याएको वोका वलीको निग्रह र सम्पूर्ण छोरी वेटी, भान्जा, भान्जी, ज्वाईहरुलाई टिका दक्षिणा को व्यवस्था मिलाउने ।
  • (ण) पूजा संवन्धी नियमको अधिनमा रही कर्ता निर्धारण गर्ने ।

७.विविध कार्य ः

  • (क) यातायात, ढुवानी व्यवस्था को लागि पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ख) खटी ने वन्धुहरुको सवारी, वसोवास आदि विविध व्यवस्था को लागि पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।
  • (ग) जेष्ठ वन्धु सम्मान लगाएतका कामहरु गर्ने ।
  • (घ) राष्ट्रभक्तिको झलक र नेपालको इतिहासमा कपरदार भोटु पाँडे नामक २ वटा कृतिको पूनः प्रकाशन गरी विक्री वितरण लगायतका कामहरु गर्न पुजास्थल व्यवस्थापन उपसमिति मातहत एक कार्यदल निर्माण गरी जिम्मेवारी सुम्पने ।

Back to Home

सम्पर्क ठेगाना

पॉंडे समाज


पाँडे सेवा संमाज
का.म.न.पा-१६, बालाजु, काठमाडौं, नेपाल
फोन न: ४४३३९१२